‘विदेशीलाई सजिलो हुने सरकार बनाउनबाट गठबन्धनलाई रोक्नुपर्छ’
लिङ्देनले अहिलेको व्यवस्था नै असफल भएकाले राप्रपाले व्यवस्था परिवर्तनको एजेन्डालाई प्राथमिकतामा राखेको बताए।
उदयपुर, कात्तिक २४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीलाई सजिलो हुने सरकार बनाउनबाट गठबन्धनलाई रोक्नुपर्ने बताएका छन्।
बिहीबार उदयपुरको बेल्टारमा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले मुलुकमा बैदेशिक हस्तक्षेप बढ्दै गएको र सत्ता गठबन्धनले विदेशीलाई सजिलो हुने सरकार बनाउँछु भन्दै हिँडेको बताएका हुन्।
अहिले नेपालमा प्रधानमन्त्री वा मन्त्रीहरु को हुने भन्ने पनि बिदेशीले तय गर्न थालेको उनको भनाइ छ । उहाले मुलुकमा देखिएको बेथिति, बिकृति र बिसंगतिको बिकल्प बनेर राप्रपा आएको दावी गरे।
लिङ्देनले अहिलेको व्यवस्था नै असफल भएकाले राप्रपाले व्यवस्था परिवर्तनको एजेन्डालाई प्राथमिकतामा राखेको बताए।
त्यस्तै उनले सुकुम्बासी समस्या समाधानका मुद्धालाई चुनावमा भोट् बटुल्ने औजार बनाउन नहुने जिकिर गरे। चुनावी दौहाडामा निस्केका लिङ्देनले बिहीबार सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, मकवानपुरलगायतका स्थानमा आयोजित चुनावी सभामा सम्बोधन गरेका थिए।












