Kathmandu Press

इंग्ल्यान्ड टि–२० विश्वकपको फाइनलमा, भारतको लज्जास्पद हार

योसँगै अब इंग्ल्यान्डले उपाधिका लागि पाकिस्तानको सामाना गर्ने छ । पाकिस्तान न्युजिल्यान्डलाई हराउँदै फाइनल पुगेको हो। फाइनल १३ नोभेम्बरमा मेलबर्नमा हुने छ।
इंग्ल्यान्ड टि–२० विश्वकपको फाइनलमा, भारतको लज्जास्पद हार

काठमाडाैं, कात्तिक २४ : इंग्ल्यान्ड टि–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार एडिलेडमा भएको खेलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्यान्डले फाइनलमा स्थान बनाएको हो।

योसँगै अब इंग्ल्यान्डले उपाधिका लागि पाकिस्तानको सामाना गर्ने छ । पाकिस्तान न्युजिल्यान्डलाई हराउँदै फाइनल पुगेको हो। फाइनल १३ नोभेम्बरमा मेलबर्नमा हुने छ।

टि–२० विश्वकपको सेमिफाइनलमा भारतको लगातार दोस्रो लज्जास्पद हार हो। यसअघि भारत सन् २०२१मा युएईमा भएको विश्वकपको सेमिफाइनलमा पाकिस्तानसँग १० विकेटले नै पराजित भएको थियो।

पहिला ब्याटिङ गर्दै भारतले दिएको १६९ रनको लक्ष्य इंग्ल्यानडले १६ ओभरमा विना क्षति भेट्टायो । उसका लागि ओपनरद्वय एलेक्स हल्स र जोश बट्लरले उत्कृष्ट ब्याटिङ गरे।

हल्सले ४७ बलमा ४ चौका र ७ छक्का प्रहार गर्दै ८६ रन बनाउँदा बट्लरले ३९ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाए।

त्यसपघि पहिला ब्याटिङ गरेको भारतले निर्धारि ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो । उसका लागि विराट कोहली र हार्दिक पाण्ड्याले अर्धशतकीय योगदान दिए।

पाण्ड्याले ३३ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ६३ रन बनाउँदा विराटनले ४० बलमा ४ चौका र १ छक्काको मद्दतमा ५० रन बनाए। यस्तै, रोहित शमर्हाले २७ र सूर्यकुमार यादवले १४ रन बनाए।

इंग्ल्यान्डका क्रिुुस जोर्डनले ३ विकेट लिँदा अदिल रसिद र क्रिस वोक्सले समान १ विकेट लिए।

प्रकाशित मिति: १७:०३ बजे, बिहीबार, कात्तिक २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्