‘लोकतान्त्रिक–वाम गठबन्धनले मात्रै देशलाई प्रगतिको पथमा लैजान सक्छ’

काठमाडौं, कात्तिक २४ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक–वाम गठबन्धनले मात्रै देशलाई प्रगतिको पथमा लैजाने बताएका छन्
गणेशमान सिंहको १०८ औं जन्मजयन्तीको अवसरमा काठमाडौं महानगरपालिका–१० जोगीकुटीस्थित सुवर्ण पार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले गठबन्धनको आवश्यकता मुलुकमा रहेको भन्दै गठबन्धनले मात्रै देशलाई प्रगतिको पथमा लैजाने बताएका हुन् ।
गणेशमान सिंहले वामपन्थीहरुलाई साथमा लिएर २०४६ सालको जनआन्दोलन सफल बनाएको उनको भनाई छ । नेता सिंहले अहिले गणेशमान सिंहले सुरु गरेको कार्यगत एकता उत्तिकै सान्दर्भिक रहेको बताए।
गणेशमान सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेस स्थापनासमेत गरेका थिए । सिंह नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन् । राणा शासनको अन्त्य र प्रजातन्त्र बहालीका लागि सिंहको योगदानलाई अतुलनीय मानिन्छ ।











