Kathmandu Press

ओलीले भ्रष्टाचार गरेको पैसा चुनावमा खर्च गरिरहेका छन् : माधव नेपाल 

‘उनको पार्टीभित्र पैसा फल्ने रुख छ ? कहाँबाट आयो ? आम्दानीको स्रोत के हो ? : नेपाल
ओलीले भ्रष्टाचार गरेको पैसा चुनावमा खर्च गरिरहेका छन् : माधव नेपाल 

काठमाडौं, कात्तिक २४ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष ओलीले भ्रष्टाचार गरेको पैसा चुनावमा खर्च गरिरहेको आरोप लगाएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले चुनावका लागि एमालेले खर्चिएको अर्बौ अर्ब कहाँबाट आयो भनि प्रश्न गरेका छन् । ‘उनको पार्टीभित्र पैसा फल्ने रुख छ ? कहाँबाट आयो ? आम्दानीको स्रोत के हो ? लुट भ्रष्टाचार गरेको हुनाले चुनावमा पैसाको खोलो बगाएको पाइन्छ,’ उनले भने । 

अध्यक्ष नेपालले ओलीलाई कसैले ढाल्न सक्दैन अहम आफूहरले तोडेको बताए ।‘ढाल्ने काम पनि गरें, टक्करै दिन सक्दैन भनेका थिए, टक्कर दिएँ,’उनले भने, ‘टक्कर दिसकेपछि देखिरहनुभएको छ, केपी ओली बहुलाएको, केके बोल्छन् केके बोल्छन् । 

नेपालले ओलीमा पहिलेपहिलेका तानाशाहीमा जस्तै आक्रोश, बदलाभाव, अरुलाई अपमानित गर्ने प्रवृत्ति, आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति, पार्टी र राज्यभन्दा आफूलाई माथि ठान्ने प्रवृत्ति रहेको बताए ।

उनले आफूले सुकुम्बासी समस्या समाधान गर्दै ६० हजार परिवारलाई जग्गा दिने काम गरेको पनि बताए । बुढापाकालाई भत्ता दिने देखि एकल महिला र अपांग भएका व्यक्तिलाई हेरेको बताए । 

‘सय रुपैयाँबाट सुरु भएको अहिले ४ हजार पुगेको छ । भोलि हाम्रो पार्टीको सरकार बन्यो भने हामी पाँच हजार पुर्याउँछौै भनिरहेका छौं । ती बुढापाकाहरु जसलाई घरपरिवारमा पनि उचित सम्मान हुँदैनथ्यो त्यसलाई राज्यले सम्झियो भन्ने कुरा कत्रो भावनात्मक कुरा हो ।मान्छे मान र सम्मान भन्दा बढी अरु केही पनि चाहिँदैन । एकल महिलाहरु, अपाङ्ग भएका व्यक्तिहरु तिनिहरुलाई पनि राज्यले सम्झियो,’नेपालले भने ।  

उनले प्रत्येक गाउँको विकास जनता आफैले गरुन् भन्ने उद्धेश्यले आफ्नो गाउँ आफै बनाऔं अभियान सुरु गरेको पनि बताए । 

प्रकाशित मिति: १४:३८ बजे, बिहीबार, कात्तिक २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्