शेखरचन्द्र थापाको स्थानमा मानबहादुर लिम्बु कांग्रेसका उम्मेदवार

काठमाडौं, कात्तिक २४ : नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा मानबहादुर लिम्बुलाई उम्मेदवार बनाउने भएको छ । त्यहाँका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि कांग्रेसले लिम्बुलाई टिकट दिएको हो ।
निर्वाचन आयोगले खाली रहेको ठाउँमा नयाँ उम्मेदवारको मनोनयन दर्ता गर्न कांग्रेसलाई बिहीबार दिउँसो १ बजेसम्मको समय दिएको छ । नेपाली कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले लिम्बु मनोनयन दर्ता गर्ने तयारीमा रहेको बताए ।
लिम्बु नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् ।
क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको बुधबार निधन भएको थियो । यो क्षेत्रमा नेकपा एमालेबाट दिलिप राईसहित ५ जना उम्मेदवार छन् ।
प्रकाशित मिति: १२:३७ बजे, बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











