Kathmandu Press

विश्वकपका लागि फ्रान्सको टोली घोषणा

प्रशिक्षक डेसच्याम्पले घोषणा गरेको टोलीमा ३ गोलकिपर,९ डिफेन्डर, ६ मिडफिल्डर र ७ फरवार्ड छन्। 
विश्वकपका लागि फ्रान्सको टोली घोषणा

काठमाडौं, कात्तिक २४ : आगामी मंसिर ४ गतेदेखि एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकपका लागि साबिक विजेता फ्रान्सले टोली घोषणा गरेको छ।

मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पले गएराति २५ सदस्यीय टोली घोषणा गरेका हुन् । सन् २०१८ को विश्व विजेता टोलीका प्रमुख खेलाडी पाउल पोग्बा, बोउबाकर कामारा र एनुगोलो कान्टे चोटका कारण टोलीबाट बाहिरिएका छन्।

चोटका कारण केही समयदेखि मैदान बाहिर रहेका राफेल भराने टोलीमा समावेश हुँदा फेर्ल्यान्ड मेन्डीलाई भने बाहिर राखिएको छ। यस्तै अनुभवी गोलकिपर माइक मैगननले पनि चोटकै कारण कतार भ्रमण गुमाएका छन्।

प्रशिक्षक डेसच्याम्पले घोषणा गरेको टोलीमा ३ गोलकिपर,९ डिफेन्डर, ६ मिडफिल्डर र ७ फरवार्ड छन्। 

  • गोलकिपर : अल्फोन्स एरोला (वेस्ट ह्याम), ह्युगो लोरिस (टोटेनहम),स्टिभ मन्डान्डा (रेनेस)
  • डिफेन्डर : लुकास हर्नान्डेज (बायर्न म्युनिख), प्रेस्नेल किम्पेम्बे (पिएसजी), इब्राहिमा कोनाटे (लिभरपुल),थिय  हर्नान्डेज (एसी मिलान), जुलेस कुन्डे (बार्सिलोना), बेन्जामिन पाभार्ड (बायर्न म्युनिख), विलियम सलिबा (आर्सनल), डायोट उपमेकानो (बायर्न म्युनिख), राफेल भराने (म्यानचेस्टर युनाइटेड) 
  • मिडफिल्डर : एडुआर्डो कामाभिङ्गा (रियल मड्रिड), युसुफ फोफाना (एएस मोनाको), माटियो गुइनडौजी (मार्सेली), एड्रियन राबियोट (युभेन्टस), ओरेलिएन चुवामेनी,(रियल मड्रिड),जोर्डन भेरेटआउट (मार्सेली)
  • फरवार्ड : करिम बेन्जेमा (रियल मड्रिड), ओस्माने डेम्बेले (बार्सिलोना),किंग्सले कोमन (बायर्न म्युनिख ), ओलिभर जिरूड (एसी मिलान), एन्टोइन ग्रिजम्यान (एट्लेटिको मड्रिड ),केलियन एम्बाप्पे (पिएसजी), क्रिस्टोफर एनकुन्कु (आरबी लाइप्जिग)

 

प्रकाशित मिति: ०७:४० बजे, बिहीबार, कात्तिक २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्