बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गतको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो।
काठमाडौं, कात्तिक २४ : बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गतको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो।
बिहीबार बिहान ५ बजेर १३ मिनेटमा गएको भूकम्पको तीव्रता ४.१ रेक्टरस्केल मापन भएको केन्द्रले जनाएको छ। यसअघि खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर बुधबार बिहान गएको भूकम्पको धक्काले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको थियो।
डोटीको पूर्वीचौकी गाउँपालिका–३ मा भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए।
प्रकाशित मिति: ०७:२६ बजे, बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार