मोरङ–३ को ९१० मा मनोनयन दर्ता आज
नयाँ निर्वाचन कार्यतालिका अनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने बताए ।
काठमाडौं, कात्तिक २४ : निर्वाचन आयोगले मोरङ क्षेत्र नं. ३ को (१) मा मनोनयन दर्ता गर्नका लागि आजको लागि समय तय गरेको छ ।
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (१) मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधवार आयोगले उक्त दलका लागि उम्मेदवार बिहीबार मनोनयन दर्तासहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।
नयाँ निर्वाचन कार्यतालिका अनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने बताए ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्हसमेत प्रदान भइसकेको अवस्था रहेकोमा उक्त क्षेत्रबाट प्रदेश सभाका लागि उम्मेदवार थापाको मृत्यु भएको हुँदा उक्त निर्वाचन क्षेत्रको सम्बन्धित दलको उम्मेदवारले मात्रै मनोनयन दर्ता गर्न पाउने छन्। बिहीबार बिहान १० देखि १ बजेसम्म सम्बन्धित राजनीतिक दलले उम्मेदवार मनोनयन दर्ता हुनेछ।
कात्तिक २५ गते ४ बजे निर्वाचन चिन्ह दिएपछि प्रक्रिया सकिनेछ । प्रदेशसभामा निवर्तमान सांसद सूयर्माराज राई र शनिश्चरेका पर्शु कार्कीमध्ये एक जना उम्मेदवार बन्ने सम्भावना देखिएको छ ।











