पत्रकार अधिकारी मृत फेला

काठमाडाैं, कात्तिक २३ : पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन्।
काठमाडाैंकाे सुनधारास्थित सिद्धार्थ होटलको कोठाभित्र झुण्डिएको अवस्थामा उनी मृत फेला परेका हुन।
अधिकारी हराएको भन्दै उनकी श्रीमतीले बुधबार काठमाडौं परिसरमा निवेदन दिएपछि खाेजतलासको क्रममा उनलाई होटलमा मृत फेला पारेको हाे।
काठमाडौं प्रहरी प्रमुख एसएससपी भरत बोहराका अनुसार फोन ट्रयाकिङ गर्दै जाँदा उनलाई हाेटलकाे एक काेठामा झुन्डिएकाे अवस्थामा फेला पारेकाे हाे।
अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका छन।
प्रकाशित मिति: २०:४६ बजे, बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











