काठमाडौंको नारायण गोपाल चोकमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडाैं, कात्तिक २३ : काठमाडौंको नारायण गोपाल चोक नजिकै सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा कास्कीको मादी ५ का ४७ वर्षीय बेलबहादुर राना मगर उनकी श्रीमती ४१ वर्षीय कल्पना राना मगर रहेका छन।
बुधबार अपरान्ह ना८ख १८४१ न. को ट्रकले बाप०२–०३२प२२२७ न. को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दम्पती गम्भीर घाइते भएका थिए। उनीहरुलाई तत्काल शिक्षण अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएकाे थियाे।
ट्रक चालक चितवन राप्ती नगरपालिका १ का राम हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अपरान्ह ४:४० बजे नारायण गोपाल चोकबाट अन्दाजी ५० मिटर पश्चिमतर्फ बसुन्धरा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा दुर्घटना भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।
प्रकाशित मिति: २०:२४ बजे, बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











