Kathmandu Press

गठबन्धनसँग खास एजेण्डा र उद्धेश्य नै छैन : ओली 

गठबन्धनसँग खास एजेण्डा र उद्धेश्य नै छैन : ओली 

काठमाडाैं, कात्तिक २३ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरुसंग देश र पार्टी चलाउने कुनै उदेश्य नै नरहेको बताएका छन् । 

बुधबार झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले जनताको अधिकार, देशको स्वाधिनता, बिकास लगाएतका एजेण्डा एमालेको रहेपनि अन्य दलहरुसंग कुनै एजेण्डा र उदेश्य नरहेको बताएका हुन् । 

ओलीले आगामी निर्वाचनमा एमाले बिजयी नभए देश बर्बादीमा जाने बताए । ओलीले देश बनाउने अभियानमा एमालेमा आउन कांग्रेस, माओवादी लगाएतका दलका नेता तथा कार्यकर्तालाई आग्रह गरे।

त्यस्तै उनले नेकपा एकीकृत समाजवादी भन्ने पार्टी नै नरहेको र एमाले सिद्धाउने खेल भएकाले मंसिर ४ पछि खेल अन्त्य हुने तर्क गरे । उनले निर्वाचनमा उठेका स्वतन्त्र उम्मेदवारहरुले केहि गर्न नसक्ने जिकिर गरे। 

उनले निर्वाचनपछि बन्ने एमाले सरकारले जेष्ट नागरिक भत्ता समयानुकुल बढाउदै लैजाने बताए । त्यस्तै ओलीले डोटीमा गएको भूकम्प पीडितको राहत उद्दार तथा पुननिर्माणको कामलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराए। 
 
ओलीले आगामी निर्वाचनमा गठबन्धनले जस्तोसुकै दुष्कर्म पनि गर्न सक्ने भन्दै हिम्मतिलो भएर मतको रक्षा गर्न कार्यकर्तालाई निर्देशन दिए। 

प्रकाशित मिति: १७:१९ बजे, बुधबार, कात्तिक २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्