Kathmandu Press

फिल्ममार्फत कला–संस्कृति प्रवद्र्धन गर्नुपर्छ : मन्त्री श्रेष्ठ

फिल्ममार्फत कला–संस्कृति प्रवद्र्धन गर्नुपर्छ : मन्त्री श्रेष्ठ
Hardik ivf

काठमाडाैं, कात्तिक २१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गायक कृष्ण विकको दोस्रो गीत ‘रानी माया’ सार्वजनिक गरेका छन। सो अवसरमा उनले गीतसङ्गीतमार्फत पर्यटनलाई प्रवद्र्धन गर्न आग्रह गरे। 'यो भिडियोमा खिचिएको दृश्य आकर्षक छन् । यसले पर्यटन बढाउन मदत गर्ने विश्वास छ,' मन्त्री श्रेष्ठले कार्यक्रममा भने, 'युवापुस्ताले नेपाली पर्यटनसँगै कला, संस्कृतिलाई आफ्नो माध्यमबाट अगाडि बढाउनुपर्छ । यहिँ कारण चुनावी चटारोकैबीच कार्यक्रममा सहभागी भएको हुँ।'

अभिनेता राजेश हमालले गीतको भिडियोविना सम्झौता निर्माण गरिएको भन्दै प्रशंसा गरे। 'उहाँहरूले स्तरीय गीत र भिडियो बनाउनुभएको पाएँ । अडियो झैँ भिडियो राम्रो बनेको छ,' अभिनेता हमालले भने, 'मैले यो टिमसँग काम गरिसकेको छु । कामप्रतिको उहाँहरूको लगावले मलाई आउँदा दिनमा काम गर्नसमेत लालयीत गरिरहेको छ।'

गायनमा गायक विकलाई समीक्षा अधिकारीले साथ दिएका छन। यसमा श्रीकृष्ण बम मल्लको शब्द र कृष्ण विकको एरेञ्ज र सङ्गीत रहेको छ । 'दोस्रो गीतमै अभिनय गर्दा रमाइलो अनुभव रह्यो । प्राप्त प्रतिक्रियाले आउँदा दिनमा आफूलाई परिमार्जित गर्नेछु,' गायक विकले भने। भिडियोमा सामान्य युवा र राजकुमारी बीचको प्रेमलाई देखाइएको छ । भिडियोमा बोनिका कार्की एण्ड रित खड्काको कस्ट्युम डिजाइन, मनोज श्रेष्ठको भिएफएक्स, रेनिश फागोको रङ संयोजन, कविराज गहतराजको नृत्य निर्देशन, संजय लामाको छायाङ्कन, बनिश शाहको सम्पादन र जीबी आग्रीको निर्देशन रहेको छ।

प्रकाशित मिति: २०:३० बजे, सोमबार, कात्तिक २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्