Kathmandu Press

कात्तिक नाचमा नृसिंह अवतार हिरण्यकश्यपु  बध मञ्चन

प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार आइतबार राति उक्त नाच प्रदर्शन गरिएको हो।
कात्तिक नाचमा नृसिंह अवतार हिरण्यकश्यपु  बध मञ्चन

ललितपुर, कात्तिक २० : ललितपुरको मंगबजारस्थित ‘कात्तिक डबली’ मा भइरहेको ऐतिहासिक कात्तिक नाचको आठौ दिन मुख्य आकर्षणको नृसिंह अवतार हिरण्यकश्यपु  बध मञ्चन गरिएको छ।

प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार आइतबार राति उक्त नाच प्रदर्शन गरिएको हो।

Hardik ivf

नाचमा नारायणको अवतार नृसिंहले हिरण्यकशिपुलाई बध गरेको पौराणिक कथा प्रस्तुत गरिएको थियो। नाचमा नृसिंह भएर राजोपाध्याय समुदायको कलाकारले खेल्ने गर्दछन् भनेर हिरयण्कश्यपु भएर चित्रकार समुदायको कलाकारले खेल्ने चलन छ।

यो नाच तान्त्रिक शक्तिमा आधारित नाच भएकोले नाचमा खेल्ने कलाकारहरुले  भोकै बस्नु पर्ने लगायतका नियम पालना गर्नु पर्ने संस्कृतिविद्हरुको भनाइ छ। तान्त्रिक नाच भएकोले यसरात मंगलबजारमा नाच हेर्न आउने दर्शकहरुको भिड हुने गर्दछ।

यसअघि शनिबार राती बराह अवतार हिरण्याक्ष बध नाच देखाइएको थियो भने कार्तिक २२ गते मंगलबार राती दघि लिला नाच प्रस्तुत गरि यस बर्षको कात्तिक नाच समापन हुने कातिक नाच संरक्षण समितिले जनाएको छ।

नेपालको इतिहासमा सबैभन्दा  लामो समयदेखि निरन्तर रुपमा सञ्चालन भएको यो नाच नेपाल सम्वत् ७६१ मा राजा सिद्धिनरसिंह मल्लले सुरु गरेका हुन्। 

प्रकाशित मिति: १४:२८ बजे, सोमबार, कात्तिक २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्