Kathmandu Press

दिवंगत उज्वल थापाको किताब 'ह्वाई नेपाल' सार्वजनिक

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच कांग्रेस महामन्त्री गगन कुमार थापा, अर्थशास्त्री एवं कांग्रेसका युवा नेता डा स्वर्णीम वाग्लेले लगाएतले विमोचन गरेका हुन्।
दिवंगत उज्वल थापाको किताब 'ह्वाई नेपाल' सार्वजनिक

काठमाडौं, कात्तिक १९ : युवा नेता एवं सामाजिक अभियन्ताको छवि बनाएका दिवंगत उज्वल थापाको किताब 'ह्वाई नेपाल' पुस्तक सार्वजनिक भएको छ। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच कांग्रेस महामन्त्री गगन कुमार थापा, अर्थशास्त्री एवं कांग्रेसका युवा नेता डा स्वर्णीम वाग्लेले लगाएतले विमोचन गरेका हुन्।

Hardik ivf

राजनीति, उद्यम र समृद्ध नेपालको परिकल्पनामाथि थापाले जीवनको पछिल्लो कालखण्डमा गरेको श्रृङ्खलाबद्ध लेखनलाई किताबको स्वरूपमा प्रकाशन गरिएको हो।

कार्यक्रममा कांग्रेस महामन्त्री थापाले राजनीतिमा विकल्पको खोजीका लागि थापाले गरेको संघर्षको चर्चा गरे।

त्यस्तै स्वर्णीम वाग्लेले उज्वल थापाको सामाजिक अभियन्ता तथा युवा नेताका रुपमा खेलेको भूमिकाको स्मरण गरे।

नेपालको राजनीति र नेतृत्वको चरित्र, उद्यमशीलताको वर्तमान अवस्था र भविष्यको सम्भावना लगाएतका बिषय पुस्तकमा समेटिएको छ। उज्वल थापाको कोरोना संक्रमणका कारण निधन भएको थियो। 

प्रकाशित मिति: १८:०६ बजे, शनिबार, कात्तिक १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्