Kathmandu Press

च्याम्पियन्स लिग : अन्तिम १६ मै रियल मड्रिड र म्यानचेस्टर सिटी भिड्ने

काठमाडौं, मंसिर ३० : युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ।

सोमबार सार्वजनिक गरिएको ड्र अनुसार स्पेनिस महारथी र....

च्याम्पियन्स लिग : अन्तिम १६ मै रियल मड्रिड र म्यानचेस्टर सिटी भिड्ने

काठमाडौं, मंसिर ३० : युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ।

सोमबार सार्वजनिक गरिएको ड्र अनुसार स्पेनिस महारथी रियल मड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटीबीच अन्तिम १६ मै प्रतिस्पर्धा हुनेछ।

यस्तै, अन्तिम १६ मै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जर्मन क्लब बोरुसिया हर्टमन्डसँग खेल्दा बार्सिलोनाले नापोलीसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै, इटालियन क्लब युभेन्ट्सले लियोनको सामना गर्दा इटालियन क्लब एटलान्टा स्पेनिस क्लब  भ्यालेन्सियासँग खेल्नेछ। 

यसैगरी, साविक विजेता लिभरपुलले स्पेनिस क्लब एथ्लेटिको मड्रिडको सामना गर्नेछ। चेल्सीले वार्यन म्यूनिखको सामना गर्दा टोटनह्यामले लेइपजिगको सामना गर्नेछ। 

प्रकाशित मिति: १९:३० बजे, सोमबार, मंसिर ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्