Kathmandu Press

प्रधानसेनापति महिला फुटबल : सिक्किमविरुद्ध सावित्राले गरिन् ९ गोल

काठमाडौं, मंसिर ३० : प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत  सशस्त्र प्रहरी बल (एपिएफ)की  सावित्रा भण्....

प्रधानसेनापति महिला फुटबल : सिक्किमविरुद्ध सावित्राले गरिन् ९ गोल
फाइल

काठमाडौं, मंसिर ३० : प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत  सशस्त्र प्रहरी बल (एपिएफ)की  सावित्रा भण्डारीले भारतको सिक्किमविरुद्धको खेलमा ९ गोल गरेकी छिन्। 

लगनखेलस्थित आर्मीको मैदानमा सोमबार भएको खेलमा सावित्रा एक्लैले सिक्किमविरुद्ध ९ गोल गरेकी हुन्। जुन खेलमा एपिएफले सिक्किमलाई १८–० गोलले हरायो। 

एपिएफका लागि अनु लामाले चार, अनिता बस्नेतले तीन तथा रेनुका नगरकोटीले दुई गोल गरिन्। पहिलो हाफमा १० गोल गरेको एपिएफले दोस्रो हाफमा थप आठ गोल गरेको थियो।  

अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा आइतबारदेखि शुरु भएको प्रतियोगिताको सातौँ संस्करणमा तीन विभागीय, दुई विदेशी तथा तीनवटा प्रदेशको फुटबल टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं–५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली सहभागी रहेको नेपाली सेनाका महासेनानी शशीकिरण रायमाझीले जानकारी दिए। प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ। 

प्रकाशित मिति: १९:०२ बजे, सोमबार, मंसिर ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्