Kathmandu Press

अन्तर्राष्ट्रिय नाट्य महोत्सव मंसिर ९ देखि १७ सम्म हुने

नाटक हेर्ने परम्परालाई बढाउन महोत्सवको आयोजना गर्न लगिएको मण्डला नाटक घरका संस्थापक अध्यक्ष दयाहाङ राईले जानकारी दिए। 
अन्तर्राष्ट्रिय नाट्य महोत्सव मंसिर ९ देखि १७ सम्म हुने

काठमाडौं, कात्तिक १७ : ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०२२’ (निटफेस्ट) को दोस्रो संस्करण आयोजना हुने भएको छ। 

सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोत्सव दुई वर्षको अन्तरालमा आयोजना गर्ने बताइए तापनि विविध कारणले आगामी मङ्सिर ९ देखि १७ गतेसम्म मण्डला थिएटरमा आयोजना हुँदैछ। नाटक हेर्ने परम्परालाई बढाउन महोत्सवको आयोजना गर्न लगिएको मण्डला नाटक घरका संस्थापक अध्यक्ष दयाहाङ राईले जानकारी दिए। 

'हामी विदेशमा विभिन्न फेस्टिभलमा सहभागी हुन्छौँ तर हामीकहाँ किन यस्ता महोत्सव भइरहेका छैनन् भनेर यसलाई सुरु गरेका हौँ। हामी नाटकलाई महोत्सवका रूपमा मनाउन चाहन्छौँ', उनले भने। 

Hardik ivf

नाटक घर नै व्यस्थापन गर्न अप्ठ्यारो स्थिति रहेकाले यसलाई दुई वर्षको अन्तरालमा आयोजना गर्ने तयारीअनुरूप सुरुआत गरिएको महोत्सव निर्देशक सिर्जना सुब्बाले बताए। निटफेस्ट २०२२ मा विश्वभरिबाट छनोट भएका नाटकको सूची र मञ्चन तालिका सार्वजनिक गर्दै निर्देशक सुब्बाले छनोट भएका २२ नाटकको महोत्सवमा कूल ३२ मञ्चन हुने जानकारी दिनुभयो। 

'विभिन्न देशका कला, संस्कृति, राजनीतिक–सामजिक परिवेश र वस्तुस्थिति तथा भावना र संवेगको समग्रता महोत्सवमा पाइनेछ', उनले भने। आयोजक मण्डला थिएटर नेपालले सार्वजनिक गरेको सूचीमा नेपालका छ नाटक र विश्वभरिबाट प्राप्त आवेदनबाट छानिएका १६ नाटकको मञ्चन तालिका प्रकाशित भएको छ। 

महोत्सवमा नेपालसहित भारत, भूटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्तराज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन्। तालिका अनुसार मण्डला थिएटरको मुख्य नाटकघर, स्टुडियो र खुला परिसर गरी तीन स्थानमा हरेक दिन फरकफरक नाटकको एकदेखि पाँच मञ्चनसम्म हुनेछन्।

महोत्सवमा नौ नाटकको भने दुई–दुई मञ्चन हुने उल्लेख छ। नौ दिनसम्म आयोजना हुने महोत्सव मङ्सिर ९ देखि मङ्सिर १७ ९नोभेम्बर २५–डिसेम्बर ३० सम्म हुनेछ। शुभारम्भको दिन दुई र समापनको दिन एक नेपाली नाटक मञ्चन हुनेछन्।

प्रकाशित मिति: १३:२९ बजे, शुक्रबार, कात्तिक १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्