Kathmandu Press

एउटै मितिमा भिड्दै फिल्म

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, विश्वकप फुटबल र जाडोका कारण मङ्सिर तथा पुसमा धेरै फिल्म घोषणा गरिएका छैनन्। माघमा पनि विदेशी ठूला फिल्म भएका कारण फागुन र चैतमा आठ हप्तामा २० भन्दा बढी फिल्म रिलिज हुँदैछन्।
एउटै मितिमा भिड्दै फिल्म

काठमाडौं, कात्तिक १७ : यस वर्ष नेपाली फिल्मको लागि सुखद सावित भइरहेको छ। कोरोना भाइरसको महामारीका कारण भएको लकडाउन र ओभर दी टप (ओटिटी) ले असर नगरेका सिनेमा हलमा भइरहेको व्यापारबाट देख्न सकिन्छ।

यस वर्ष मात्र ए मेरो हजुर ४, कबड्डी ४ : द फाइनल म्याच, झिँगेदाउ, प्रेम गीत ३, दुई नम्बरी र प्रदर्शनरत फिल्म महापुरूष बक्स अफिसमा सफल भइसकेका छन्। यिनीहरूले नेपालकै हलबाट आफ्नो लगानी सुरक्षित गरेका हुन्। 

Hardik ivf

प्रदर्शनरत फिल्म ‘महापुरूष’ ले प्रदर्शनको चौथो दिनमै चार करोड ग्रस कलेक्सन गरिसकेको प्रतिक्रिया मिडियामा आएको छ। 'अघिल्ला फिल्मको व्यापारले आउने समय सुखद रहेको सङ्केत गर्छ। किनकि दर्शकलाई फिल्म राम्रो लाग्दासम्म हल आउने गरेका छन्। प्रदर्शनरत महापुरूष हेर्नेले राम्रो भनेका छन्। फागुनदेखि चैतसम्म अझै पाँच फिल्म सफल हुने अनुमान छ', वितरक करण श्रेष्ठले भने। 

दर्शकको भिडभाड बढेसँगै सकारात्मक प्रतिक्रिया आउँदा यसले दीर्घकालीन रुपमा व्यापार मद्दत गर्ने उनको बुझाइ छ। कोरोना भाइरसको महामारी अगाडि २०७६ सालमा फागुनसम्ममा छ फिल्म मात्र घरेलु व्यापारबाट लगानी सुरक्षित गरेर मुनाफा कमाउन सफल भएका थिए। यद्यपि यस वर्ष एउटै मितिमा आश गरिएका फिल्म घोषणा भइरहेका छन्।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, विश्वकप फुटबल र जाडोका कारण मङ्सिर तथा पुसमा धेरै फिल्म घोषणा गरिएका छैनन्। माघमा पनि विदेशी ठूला फिल्म भएका कारण फागुन र चैतमा आठ हप्तामा २० भन्दा बढी फिल्म रिलिज हुँदैछन्।

फागुन ५ मा फूलबारी, लन्डन टु पेरिस र परदेशी २ ले प्रदर्शन घोषणा गरिसकेका छन्। यी तीनै आश गरिएका फिल्म हुन्। फागुन १९ मा छक्का पञ्जा ४, छड्के २, बुलाकी, परस्त्री र बर एन्ड बधूले प्रदर्शन घोषणा गरेका छन्। यस्तै आउँदो वर्षको वैशाख १ मा भगवत् गीता र जारीले प्रदर्शन घोषणा गरेका छन्। बिदालाई लक्षित गर्दा एकै डेटमा फिल्म धेरै प्रदर्शन भइरहेको निर्देशक घनश्याम लामिछानेले बताए।

'यहाँ ब्यानरले आफ्नो मर्जीमा प्रदर्शन घोषणा गर्नुहुन्छ। त्यसको असर नयाँलाई पर्छ। यद्दपि फिल्म मिलाएर नचले घाटा सबैलाई हुन्छ', निर्देशक लामिछानेले भने, 'यहाँ ठूलो प्रतिस्पर्धा त आफ्नैसँग हुन्छ। यस्ता विषयमा सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ।' 

नेपाली दुईवटासम्म फिल्म हलले धान्ने नेपाल चलचित्र सङ्घका अध्यक्ष प्रदीपकुमार उदयले बताए। 'ठुला ब्यानरको फिल्म एकै समयमा आउँदा दुवैलाई घाटा हुन्छ। त्यस्ता फिल्म एक महिनाको अन्तरालमा आउँदा राम्रो', पूर्वअध्यक्ष उदयले भने। विशेषत फागुन १९ मा छक्का पञ्जा ४ र छड्के २ ले प्रदर्शन घोषणा गर्दा दर्शकसँगै फिल्मकर्मीसमेत चकित छन्।

प्रकाशित मिति: १७:३० बजे, बिहीबार, कात्तिक १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्