Kathmandu Press

‘बगान’मार्फत निर्देशनमा  खनाल

गीतमा सुरेश वाग्लेको शब्द रचना, हरि लम्सालको संगीत र वानिका प्रधानको स्वर रहेको छ। अभिनेत्री बसुन्धरा भुसाल, नीर शाह, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठलगायतको अभिनय रहेको फिल्ममा स्वयं निर्देशक खनालले समेत अभिनय गरेका छन्।
‘बगान’मार्फत निर्देशनमा  खनाल

काठमाडाैं, कात्तिक १६ : अभिनेता सरोज खनालले निर्देशक बनेका छन्। हालै काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनको डेब्यु निर्देशन रहेको फिल्म ‘बगान’ शीर्ष गीत ‘उडी छुनु छ आकाश’को लिरिकल भिडियो तथा टिजर सार्वजनिक गरिएको थियो। 

गीतमा सुरेश वाग्लेको शब्द रचना, हरि लम्सालको संगीत र वानिका प्रधानको स्वर रहेको छ। अभिनेत्री बसुन्धरा भुसाल, नीर शाह, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठलगायतको अभिनय रहेको फिल्ममा स्वयं निर्देशक खनालले समेत अभिनय गरेका छन्।

Hardik ivf

सयभन्दा बढी फिल्ममा अभिनय गरिसके पनि निर्माण तथा निर्देशनमा भने अभिनेता खनाल जोडिएका थिएनन्। पटकथासमेत स्वयंले लेख्नुभएको फिल्मको कथा नाट्यकर्मी सुनिल पोखरेलले उपलब्ध गराएको कथा सङ्ग्रहबाट ‘बगान’बाट तयार गरिएको नले जानकारी दिए।

'पुस्तक पढ्ने क्रममा म स्वप्न नीरवजीको कथामा अड्किएँ। उहाँले छाड्नुभएको प्रश्नको जवाफ हामीले दिनैपर्छ भन्ने लाग्यो,' अभिनेता खनालले पत्रकार सम्मेलनमा भने, 'लेखकले आफ्नो दायित्व पूरा गरे। उनले उठाएको मुद्दालाई अन्य व्यक्तिले समाजमा उजागर गर्नुपर्छ भन्ने लगेर पटकथा तयार गर्दै फिल्म निर्देशक बनेको हुँ।'

विधुर पिताको मात्रै होइन विधवा आमाको पनि बिहे हुनुपर्छ भन्ने सन्देश नयाँ पुस्तालाई दिएको अभिनेतासमेत रहेका निर्देशक खनालले बताए। नारायण जिसी र उत्सव दाहालले छायांकन रहेको फिल्मलाई सन्देश शाहले सम्पादन गरेका हुन्। फिल्म अगामी फागुन १२ गतेबाट प्रदर्शनमा आउनेछ। 

प्रकाशित मिति: १२:०६ बजे, बुधबार, कात्तिक १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्