Kathmandu Press

‘आमा’ शब्दबाट सम्बोधित हुन पाउनु जीवनको सबैभन्दा बहुमूल्य सम्पत्ती : अभिनेत्री खड्का

आफ्नो सामाजिक सञ्जालमार्फत नवजात छोरीको तस्बिरसहित एक स्टाटस लेख्दै संसारकै सबै भन्दा सुन्दर शब्द आमा बाट सम्बोधित हुने एउटा भाग्यमानी नारीको जमातमा सामेल हुने मौका पाउनु जीवनको सबै भन्दा ठूलो अवार्ड भएको बताएकी हुन् । 
‘आमा’ शब्दबाट सम्बोधित हुन पाउनु जीवनको सबैभन्दा बहुमूल्य सम्पत्ती : अभिनेत्री खड्का

काठमाडौं, कात्तिक १६ :  पहिलो सन्तानलाई जन्म दिएकी अभिनेत्री श्वेता खड्काले आमा शब्दबाट सम्बोधित हुन पाउनु नै आफ्नो जीवनको सबैभन्दा ठूलो अवार्ड र सबैभन्दा अमुल्य प्राप्ती अनि बहुमूल्य सम्पत्ती भएको भन्दै खुसी साटेकी छिन् ।

आफ्नो सामाजिक सञ्जालमार्फत नवजात छोरीको तस्बिरसहित एक स्टाटस लेख्दै संसारकै सबै भन्दा सुन्दर शब्द आमा बाट सम्बोधित हुने एउटा भाग्यमानी नारीको जमातमा सामेल हुने मौका पाउनु जीवनको सबै भन्दा ठूलो अवार्ड भएको बताएकी हुन् । 

उनले लेखेकी छिन्, ‘लामो अन्तराल पश्चात् मेरो जीवनमा खुसीको अर्को अध्याय थपिएको छ । खुशिको अर्को रङ्ग पोतिएको छ अनि आशाको अर्को दिप झुल्किएको छ ।’

प्रशव अवस्थामा सुस्वास्थ्यको कामना गरी म प्रती साहनुभुती जनाईदिने आफ्ना आफन्त, परिवार, नातागोता र सुभचिन्तकहरु सम्पुर्ण प्रती आभार प्रक गर्दै सुख दुखमा कोमल हात दिने अनि न्यानो साथ दिने मेरो जीवनसाथी बिजयन्द्र सिंह रावतप्रति मुरी मुरी माया भनेकी छिन् । 

प्रकाशित मिति: ०७:२० बजे, बुधबार, कात्तिक १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्