Kathmandu Press

दर्शक आकर्षित गर्दै ‘के घर के डेरा’

दर्शक आकर्षित गर्दै ‘के घर के डेरा’

काठमाडौं, कात्तिक ९ : तिहारको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘के घर के डेरा’ले दर्शकलाई नेपाली चलचित्र तर्फ आकर्षित गराएको छ।

दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, भोलाराज सापकोटा लगायतका कलाकारको मुख्य भूमिका रहेको यस चलचित्रले प्रदर्शनमा आएदेखि नै देशभरका अधिकांश हलमा हाउसफूलको व्यापार गरेको कार्यकारी निर्माता युबराज कार्कीले जानकारी दिए।

Hardik ivf

घर र डेरामा बस्ने मानिसहरूको समस्यालाई उठाइएको यस चलचित्रको कमेडी पाटोलाई दर्शकले बढी रुचाएका छन् । ताली र हाँसोको फोहरा हलमा पटकपटक गुन्जिन्छ।

चलचित्रलाई दर्शकले दिएको साथले आफूलाई उत्साहित बनाएको निर्देशक दीपेन्द्र के। खनाल बताउँछन् ।

सिङगल स्क्रिनमात्रै नभइ राजधानीका ठूला मल्टीप्लेक्सहरू एफक्यूब, बिग मुभिज, वान सिनेमाज्, विएसआर, क्यूज सिनेमाज्, आइएनआई सिनेमाजमा पनि दर्शकको चाप उल्लेख्य रहेको कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: १५:०८ बजे, बुधबार, कात्तिक ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्