Kathmandu Press

इंग्लिस प्रिमियर लिगः वाट्फोर्डमाथि लिभरपुलको सहज जित

काठमाडौं, मंसिर २९ : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । शनिबार सम्पन्न खेलमा लिभरपुलले वाट्फोर्डलाई २–० गोल अन्तरले हरायो ।....

इंग्लिस प्रिमियर लिगः वाट्फोर्डमाथि लिभरपुलको सहज जित

काठमाडौं, मंसिर २९ : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । शनिबार सम्पन्न खेलमा लिभरपुलले वाट्फोर्डलाई २–० गोल अन्तरले हरायो । 

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले दुवै गोल गरे । सलाहले खेलको ३८ औं मिनेटमा पहिलो गोल र इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई जित दिलाए । जितसँगै लिभरपुलले लिगमा ११ अंकको अग्रता कायम गरेको छ ।

लिभरपुलले १७ खेलबाट ४९ अंक जोडेको छ । दोस्रो स्थानको लेष्टर सिटीको ३८ अंक रहेको छ । सिटीले एक खेल कम खेलेको छ । पराजित वाट्फोर्ड ९ अंक जोडेर पुछारमा छ ।

प्रकाशित मिति: ०७:४६ बजे, आइतबार, मंसिर २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्