Kathmandu Press

१२खरी कथा लेखन प्रतियोगितामा नवीन अभिलाषीको कथा ‘दमाहा’ प्रथम

रमेशजंग थापाको कथा ‘डढेको आकाश’ दोस्रो भएको छ। यस्तै, रुमु न्यौपानेको कथा ‘घूँघट’ तेस्रो भएको छ।
१२खरी कथा लेखन प्रतियोगितामा नवीन अभिलाषीको कथा ‘दमाहा’ प्रथम

काठमाडाैं, कात्तिक ६ : चौथो संस्करणको डिसहोम १२खरी कथा लेखन प्रतियोगितामा कथाकार नवीन अभिलाषीको कथा ‘दमाहा’ प्रथम भएको छ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेताको घोषणा गरिएको हो। नवीन अभिलाषीले प्रमाणपत्र र ट्रफीसहित नगद एक लाख रुपैयाँ प्राप्त गरे।

Hardik ivf

यस्तै, रमेशजंग थापाको कथा ‘डढेको आकाश’ दोस्रो भएको छ। थापाले ट्रफीसहित ६० हजार रुपैयाँ नगद प्राप्त गरे।यस्तै, रुमु न्यौपानेको कथा ‘घूँघट’ तेस्रो भएको छ। न्यौपानेले ट्रफीसहित ४० हजार रुपैयाँ नगद प्राप्त गरे। विजेताहरुलाई शिक्षाविद् केदारभक्त माथेमा, डिशहोमका अध्यक्ष हेमराज ढकाललगायतले पुरस्कार प्रदान गरे।

कार्यक्रममा शिक्षाविद् माथेमाले कथामा ठुलो शक्ति हुने भन्दै यसको अध्ययनले वृत्तिविकास गर्ने धारणा राखे। त्यस्तै डिशहोमका अध्यक्ष हेमराज ढकालले बाह्रखरीले यो प्रतियोगिता जारी राख्दासम्म सहकार्य गर्ने प्रतिबद्धता जनाए। उनले मिडियाभन्दा माथि उठेर कथा प्रतियोगिता गरेको भन्दै कथा समाजको चित्र भएको र यसलाई नबुझे समाज बुझ्न नसकिने बताए।

डिशहोम १२खरी कथा लेखनको चौथो स्पर्धामा नेपालसहित अमेरिका, बेलायत, अष्ट्रेलिया, चीन, भारत, कतार, युएई, मलेसियालगायत मुलुकबाट ५९६ कथा प्राप्त भएका थिए।

तीमध्येबाट उत्कृष्ट २५ कथा छानिएका थिए भने उत्कृष्ट २५ भित्रबाट प्रथम, द्वितीय र तृतीय कथा पनि छनोट गरिएको छ। 

प्रकाशित मिति: १५:४९ बजे, आइतबार, कात्तिक ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्