Kathmandu Press

पुसमा १५ मा तीन चलचित्र प्रदर्शन गरिने

आउँदो पुस १५ मा भने तीन चलचित्र  प्रदर्शन गरिने घोषणा गरिएको छ। बलिउडको चलचित्र नआउने भएपछि ‘डिसेम्बर फल्स’, ‘चि मुसी चि’ र ‘कौसीद’को प्रदर्शन गर्ने घोषणा भइसकेको छ।
पुसमा १५ मा तीन चलचित्र प्रदर्शन गरिने

काठमाडाैं, कात्तिक ५ : आगामी मङ्सिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चर्चाले चलचित्रको प्रचारप्रसारमा असर पार्ने देखिएकाले उक्त महिनामा नेपाली चलचित्रहरूको प्रदर्शन तोकिएको छैन।

यही कात्तिक ४ गते दुई चलचित्र के घर के डेरा र नालापानी प्रदर्शन हुँदा मङ्सिरमा प्रदर्शन नहुनुलाई निर्वाचनको रौनक बढेसँगै चलचित्रका गतिविधि छायामा पर्ने डर हुन सक्ने निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले बताए।

उनले आफू निर्मित चलचित्र ‘महापुरुष’ लाई कात्तिकमै प्रदर्शन गर्नाको कारण आउँदो निर्वाचनसँगै विश्वकप फुटबल रहेको जानकारी दिए। 

Hardik ivf

'जाडोको समय, चुनावी रौनक लगत्तै विश्वकप फुटबलका साथै आउँदो डिसेम्बर र जनवरी महिनामा ठूला विदेशी चलचित्र आउने भएकाले पनि नेपाली चलचित्र प्रदर्शन तय नगरिएको हुनसक्छ,' निर्माता बानियाँले भने।

नेपालमा निर्वाचनभन्दा पनि विश्वकपले बढी असर गरेको पाइएको लेखक तथा निर्देशक लक्ष्मण सुवेदीले बताए। उनले भने, 'यस अगाडि पनि विश्वकपको समयमा धेरै चलचित्र रिलिज भएका थिएनन्। साथै यसपटक छिमेकी मुलुक भारतका ठूला चलचित्रहरू पनि छन्।'

आउँदो पुस १५ मा भने तीन चलचित्र  प्रदर्शन गरिने घोषणा गरिएको छ। बलिउडको चलचित्र नआउने भएपछि ‘डिसेम्बर फल्स’, ‘चि मुसी चि’ र ‘कौसीद’को प्रदर्शन गर्ने घोषणा भइसकेको छ। शीर्षकमै कथा जोडिएकोले आफ्नो चलचित्र ‘डिसेम्बर फल्स’ लाई डिसेम्बरकै अन्तिम साता प्रदर्शन गर्न लागिएको निर्माता रामप्रसाद रिजालले बताए।

'हाम्रो छायाङ्कनलाई कोरोनाका कारण भएको लकडाउनले असर गरेको थियो। अहिले काम सकाएपछि नामसँगै मिल्दोजुल्दो प्रदर्शन मिति तय गरेका हौं,' निर्माता रिजालले भने, 'सस्पेन्स र थ्रीलर कथामा आधारित चलचित्र तयार भएको छ।'

ऋचा शर्माले आफू अभिनित तथा निर्मित चलचित्र ‘कौसीद’ ऋणको चपेटामा परेको पात्रको जीवनको भोगाइ देखाइएको बताए। उक्त चलचित्रमा उनीसँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराईले अभिनय गरेका छन्।

हरर थ्रिलर कथामा ‘चि मुसी चि’ निर्माण भएको निर्देशक मार्ना जेम्सले जानकारी दिए। 'यश सैनीसँग मिलेर मैले फिल्म निर्देशन गरेकी छु। सहायक हुँदै निर्देशनमा डेब्यु गरेकी हुँदा यो चलचित्र मेरा लागि खास छ,' निर्देशक जेम्सले भने।

उक्त चलचित्रमा प्रियङ्का कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रवीन्द्र झा, गौरव विष्टलगायत कलाकारको अभिनय रहेको छ। 

नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले एउटै समयमा तीन चलचित्रको प्रदर्शन तय हुनु राम्रो नहुने बताए। 'हाम्रो बजारका लागि तीन चलचित्र आवश्यक छैन। अगाडि पछाडिको शुक्रबार खाली हुँदा हुँदै पुस १५ मै तीन चलचित्र प्रदर्शनको घोषणा गर्नु विदेशी चलचित्र  नभएको कारण हुनसक्छ,' महसचिव महर्जनले भने।  

प्रकाशित मिति: १६:०८ बजे, शनिबार, कात्तिक ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्