महाकवि देवकोटाको ११४औं जन्मजयन्तीका अवसरमा रचना वाचन
काठमाडौंको मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा संङग्रहालयमा आयोजित कार्यक्रममा स्रष्टाहरुले देवकोटाको व्यक्तित्वको बारेमा चर्चा गरेका थिए भने देवकोटाका रचनाहरु वाचन गरेका थिए।
काठमाडाैं, कात्तिक ४ : नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्तीका अवसरमा रचना वाचन कार्यक्रमको आयोजना गरेको छ।
काठमाडौंको मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा संङग्रहालयमा आयोजित कार्यक्रममा स्रष्टाहरुले देवकोटाको व्यक्तित्वको बारेमा चर्चा गरेका थिए भने देवकोटाका रचनाहरु वाचन गरेका थिए।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, लगाएतले देवकोटाको शालिकमा माल्यार्पण गरेका थिए। उप्रेतीले देवकोटा संङग्रहालय निर्माण गरेर कार्यक्रम गर्न पाउनु उपलब्धि भएको बताए।
उनले संग्रहालयमा पूर्णत देवकोटाको कृतिलगायत २०१६ सालमा हराएका देवकोटालाई अनुभव गर्ने स्थलका रुपमा विकसित गरिने बताए।
महाकवि देवकोटाको जन्म १९६६ कार्तिक २७ गते लक्ष्मीपूजाको दिन भएको थियो।
प्रकाशित मिति: १७:११ बजे, शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार