Kathmandu Press

‘दुई नम्बरी’ फिल्म निर्माण पक्षलाई विकास बोर्डले सोध्यो स्पष्टीकरण

‘दुई नम्बरी’का निर्माण पक्षले चलचित्रको ५ मिनेटभन्दा बढी दृश्य काँटछाँट गरेको र ध्वनिमा पनि परिवर्तन गरेको भन्दै बोर्डले चलचित्र निर्माण कम्पनी रेड बर्ड प्रोडक्सनका नाममा पत्र लेख्दै स्पष्टीकरण सोधेको हो।
‘दुई नम्बरी’ फिल्म निर्माण पक्षलाई विकास बोर्डले सोध्यो स्पष्टीकरण

काठमाडाैं, कात्तिक २१ : हाल प्रदर्शनमा रहेको फिल्म  ‘दुई नम्बरी’का निर्माण पक्षलाई चलचित्र विकास बोर्डले स्पष्टीकरण सोधेको छ।

‘दुई नम्बरी’का निर्माण पक्षले चलचित्रको ५ मिनेटभन्दा बढी दृश्य काँटछाँट गरेको र ध्वनिमा पनि परिवर्तन गरेको भन्दै बोर्डले चलचित्र निर्माण कम्पनी रेड बर्ड प्रोडक्सनका नाममा पत्र लेख्दै स्पष्टीकरण सोधेको हो।

Hardik ivf

बोर्डका सदस्य सचिव महेश पराजुलीले निर्माण पक्षलाई पठाएको पत्रमा सञ्चारमाध्यममा आएजस्तै छाँटकाट र ध्वनि परिवर्तनसहित नयाँ भर्सनमा फिल्म प्रदर्शन गरिएको हो या होइन भनी स्पष्ट पार्न निर्देशन दिइएएको छ। 

‘केन्द्रीय चलचित्र जाँच समितिबाट जाँच पास भएको सो चलचित्रलाई काँटछाँट गरिएको र सम्पादन गरिएको हो वा होइन्? सो सम्बन्धमा दुई दिनभित्र स्पष्ट गरी जानकारी गराउनुहुन अनुरोध छ,’ बोर्डले पठाएको पत्रमा उल्लेख छ। 

असोज २१ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी, बुद्धि तामाङलगायत छन्।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको ‘दुई नम्बरी’का निर्माता गण्डकी प्रदेशका खेलकुदमन्त्रीसमेत रहेका दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ हुन्। चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

309302075_8508806035803946_6973563008233506593_n_Qcv76T2ozr1666350683.jpg

प्रकाशित मिति: १६:५० बजे, शुक्रबार, कात्तिक ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्