Kathmandu Press

नेपाली मूलकी परिजिताले जितिन् ‘द भोइस’ को ब्याटल राउन्ड

अमेरिकाको एनबिसी टेलिभिजनबाट प्रसारण भइरहेको ‘द भ्वाइस’को नेपाली समयअनुसार बुधबार बिहान भएको प्रतिस्पर्धामा उनले कोच जोन लिजेन्डका तर्फबाट प्रस्तुति दिएकी थिइन्।
नेपाली मूलकी परिजिताले जितिन् ‘द भोइस’ को ब्याटल राउन्ड

काठमाडाैं, कात्तिक २ : नेपाली मूलकी १७ वर्षिया परिजिता बास्तोला अमेरिकी गायन रियालिटी सो ‘द भ्वाइस’को ब्याटल राउन्ड जित्न सफल भएकी छन्। ब्याटल राउन्ड जितेसँगै उनी नकआउट राउन्डमा प्रवेश गरेकी छन्।

अमेरिकाको एनबिसी टेलिभिजनबाट प्रसारण भइरहेको ‘द भ्वाइस’को नेपाली समयअनुसार बुधबार बिहान भएको प्रतिस्पर्धामा उनले कोच जोन लिजेन्डका तर्फबाट प्रस्तुति दिएकी थिइन्।

Hardik ivf

‘हाउ डिप इज योर लभ’मा आफ्नो प्रस्तुति दिएकी उनले द मेरिलिएन्ड अन द बी गीज भनिने दुई युवतीको जोडीलाई पराजित गरिदिएकी हुन्। 

कोच जोनले राम्राने आवाज, जादुमय प्रस्तुति रहेको भन्दै परिजितालाई छनोट गरेका थिए। त्यसअघि तीन कोचले पनि उनको प्रस्तुतिको तारिफ गरेका थिए। कोच ब्लेक सेल्टनले  परिजिताको स्वर सशक्त रहेको बताएका थिए।

'परिजिताकाे आत्मविश्वास मलाई मनपर्यो। प्रस्तुती र स्वर दुवै असाध्यै राम्राे छ। मैले छान्न पाए परिजितालाई छान्थें,’ उनले भने।

त्यसैगरी क्यामिला काबेलोले परिजिताको सानो उमेरमै राम्रो स्वर रहेको भन्दै तारिफ गरेकी थिइन्। ‘तिमी यही उमेरमै स्वरको मास्टर भइसक्याै । निकै सहज तरिकाले गायाै। स्वर असाध्यै राम्रो छ,’ उनले भनिनन्।

त्यस्तै ग्वेन स्टेफानीले डुअल र एकल दुई प्रस्तुति राम्रो रहेको बताउँदै उनले परिजिताको प्रस्तुति र व्यक्तित्व मन परेको बताइन्।

‘तिम्रो स्वर अलग छ। तिम्रो स्वर र प्स्तुतिले  ७० को दशकको सिंगर सङ राइटरको याद दिलाइरहेको छ। मलाई असाध्यै मनपर्‍याे। ’

प्रकाशित मिति: १३:३० बजे, बुधबार, कात्तिक २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्