Kathmandu Press

‘नालापानी’ जस्ता इतिहास बोकेको फिल्म बन्नुपर्छ : सञ्चार सचिव अर्याल

चलचित्र विकास बोर्डको हलमा आइतबार विशेष शो का रुपमा प्रदर्शन गरिएको चलचित्र ‘नालापानी’ अवलोकन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याललगायत विशिष्ठ व्यक्तिहरु पुगेका थिए।
‘नालापानी’ जस्ता इतिहास बोकेको फिल्म बन्नुपर्छ : सञ्चार सचिव अर्याल

काठमाडाैं, असाेज ३१ : नालापानीगढीमा भएको नेपाल-अङ्ग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँमा आधारित चलचित्र ‘नालापानी’ पहिलोपटक प्रदर्शन गरिएको छ। 

चलचित्र विकास बोर्डको हलमा आइतबार विशेष शोका रुपमा प्रदर्शन गरिएको चलचित्र ‘नालापानी’ अवलोकन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याललगायत विशिष्ठ व्यक्तिहरु पुगेका थिए।

चलचित्रले नयाँ नेपाल निर्माणको इतिहास अहिलेको नयाँपुस्तालाई सजिलै बुझ्ने सन्देश बोकेको चलचित्र अवलोकनपछि विशिष्ट व्यक्तिहरुले प्रतिक्रिया व्यक्त गर्नुभएको छ। 

Hardik ivf

नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाली सेनाका बलाधिकृत जनरल शरदप्रताप राणा, केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष सेवन्तक पोखरेल, नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलगायतका विशिष्ट व्यक्तिले हेरेका छन्। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले पर्दामा ऐतिहासिक विषयवस्तु समेटिएको हेर्न पाउँदा खुसी व्यक्त गरे। 'नेपालको इतिहास प्रस्ट हुने फिल्म बनेको रहेछ। पुर्खाको बलिदानको यथार्थ चित्रण पाएँ। नेपाल निर्माण हुँदा भोग्नुपरेको दुःख र समस्या नयाँपुस्ताले यसबाट सहजै बुझ्न सक्नेछन,' सञ्चार सचिव डा. अर्यालले भने। उनले घोषणा गरिएको ‘विशेष चलचित्र’ मार्फत दिन सकिने सुविधाका लागि पहल गर्नेसमेत बताए। 

पूर्वप्रधानसेनापति क्षेत्रीले फिल्म ‘नालापानी’ इतिहासको दस्तावेजका रुपमा रहने बताए। उनले नेपाललाई स्वाधीन राख्न महिला र बालबालिकालेसमेत युद्ध लडेको इतिहासलाई जीवन्त बनाएको प्रतिक्रिया दिए। 'म प्रधानसेनापति रहँदा नै फिल्म बन्ने जानकारी पाएको थिएँ। यस्ता फिल्मलाई उत्साहित गर्नुपर्छ भनेर हामीले सकेको सहयोग गरेका थियौँ”, क्षत्रीले भने। 

केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष सेवन्तक पोखरेलले राष्ट्र र राष्ट्रियताको जगेर्ना हामीले कसरी गर्न सक्छौँ भन्ने शिक्षा यसले दिएको बताए।

फिल्ममा देशभक्त खनाल, अर्जुनजङ्ग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, इशान विजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक वर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत विष्ट, युगजङ्ग कार्की, सिमन खड्का, सुशील खड्का (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकार एन्ड्रोइन डङ्कन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ।

फिल्मलाई रिमेश अधिकारीले निर्माण तथा निर्देशन गरेका हुन्। 

प्रकाशित मिति: १३:२४ बजे, सोमबार, असोज ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्