नेपालका सबै विमान कम्पनी पुनः ईयूको कालोसूचीमा
काठमाडौं, मंसिर २६ : युरोपियन युनियन (ईयू) ले उडान सुरक्षा मापदण्ड पूरा नगरेको भन्दै नेपालका सबै विमान कम्पनी र हेलिकप्टर कम्पनीलाई युरोपियन आकाशमा उड....
काठमाडौं, मंसिर २६ : युरोपियन युनियन (ईयू) ले उडान सुरक्षा मापदण्ड पूरा नगरेको भन्दै नेपालका सबै विमान कम्पनी र हेलिकप्टर कम्पनीलाई युरोपियन आकाशमा उड्न नपाउने गरी कालोसूचीमा राखेको छ।
पर्यटनमन्त्री योगेश भट्राईले युरोपियन युनियनको कालोसूचीबाट नेपाली विमान कम्पनी हट्ने दाबी गरिरहेकै बेला मंगलबार यूरोपियन युनियनले जारी गरेको सूचीमा नेपालका सबै विमान र हेलिकप्टर कम्पनी पुन परेको हुन्।
कालोसूचीमा नेपालका १८ वटा विमान र हेलिकप्टर कम्पनी परेका छन्। भ्रमण वर्ष -२०२० मा नेपाली विमानलाई युरोपियन युनियनको कालोसूची हटाउन सरकार असफल भएको छ। युरोपियन युनियनले हरेक ६-६ महिलामा विमान कम्पनीका कालोसूची अपडेट गर्ने गर्छ। युनियनले नेपाली विमान कम्पनीहरुले सुरक्षा मापदण्ड पूरा नगरेको बताउँदै आएको छ।
यी हुन् कालोसूचीमा परेका विमान र हेलिकप्टर कम्पनी
एयर ड्राइनाष्टिक हेलिसेवा
एयर काष्ठमण्डप
बुद्ध एयर
फिस्टेल एयर
गोमा एयर
हिमालयन एयरलाइन्स
मकालु एयर
मनाङ एयर
माउण्टेन हेलिकोप्टर
मुक्तिनाथ एयरलाइन्स
नेपाल एयरलाइन्स
सौर्य एयरलाइन्स
श्री एयरलाइन्स
सिम्रिक एयर
सिम्रिक एयरलाइन्स
सिता एयर
तारा एयर
यति एयरलाइन्स
२०१३ देखि कालोसूचीमा नेपाल
सुरक्षा मापदण्ड पूरा नगरेको भन्दै २०१३ देखि ईयूले नेपाली हवाई जहाजहरूलाई युरोप प्रवेशमा रोक लगाउँदै आएको छ।
सन् २०१३ को जुलाईमा आइकाओको टोलीले अडिट गर्दा नेपालको उडान सुरक्षा मापदण्ड परिपालना नगरेको भन्दै कालोसूचीमा राखेको थियो। आइकाओको अडिट टोलीले सुरक्षाका विषय विश्व सरदरभन्दा न्यून रहेको भन्दै नेपाललाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो।
आइकाओको रिपोर्टलाई आधार मानेर ईयूले नेपालका सबै वायु सेवा कम्पनीलाई डिसेम्बर २०१३ देखि कालोसूचीमा राख्दै आएको छ।






