Kathmandu Press

‘महापुरुष’ : हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र

‘महापुरुष’ : हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र

काठमाडाैं, असाेज ३० : महजोडी अभिनित चलचित्र ‘महापुरुष’ हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र भएको जनाइएको छ।

चलचित्र पत्रकार सङ्घ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका कलाकारहरूले प्रेम, घृणा, संवेदना, रोमान्स, विद्रोह आदि समावेश भएको पारिवारिक कथा महापुरुषमा चित्रण भएको सामूहिक अभिव्यक्ति दिए।

Hardik ivf

अभिनेता एवं वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले महापुरुषमा समूहकार्य राम्रो भएको बताउँदै चलचित्र उत्कृष्ट बनेको दाबी गरे। कथावस्तुसँगै प्रत्येक कलाकारको जीवन्त अभिनय भएको उल्लेख गर्दै उनले चलचित्रलाई आम सर्वसाधारणले मनपराउने विश्वास व्यक्त गरे।

अभिनेत्री गौरी मल्लले सामाजिक विषयवस्तुलाई चलचित्रले प्रस्तुत गरेको बताए। वरिष्ठ कलाकार राजाराम पौडेलले अघिल्लो पुस्तादेखि पछिल्लो पुस्ताका कलाकारको जीवन्त अभिनयले चलचित्रलाई उत्कृष्ट बनाएको बताए।

चलचित्रका नायक अरुण क्षेत्री र नायिका अञ्जना बराइलीले अत्यन्त मेहनतका साथ चलचित्र तयार भएको भन्दै यसलाई आम दर्शकको साथ मिल्ने विश्वास व्यक्त गरे।

चलचित्रका निर्माता रवीन्द्रसिंह बानियाले लगभग रु तीन करोडको लागतमा चलचित्र तयार बनेको बताउँदै काठमाडौँको मध्यमवर्गीय परिवारको कथालाई चलचित्रमा समेटिएको जानकारी दिए। आगामी कात्तिक ११ गतेदेखि चलचित्र प्रदर्शनमा आउने उनले जानकारी दिए।

प्रकाशित मिति: १९:३९ बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्