Kathmandu Press

शङ्खधर सम्मान श्यामकृष्ण मानन्धरलाई

नेपाल संवत् ११४३ नयाँ वर्षको उपलक्ष्यमा आयोजना  हुने शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रममा उक्त सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले जानकारी दिए।
शङ्खधर सम्मान श्यामकृष्ण मानन्धरलाई

काठमाडाैं, असाेज ३० : राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले यस वर्षको ‘शङ्खधर सम्मान’ विराट नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुर, श्यामकृष्ण मानन्धरलाई प्रदान गर्ने भएको छ।

नेपाल संवत् ११४३ नयाँ वर्षको उपलक्ष्यमा आयोजना  हुने शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रममा उक्त सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले जानकारी दिए।

Hardik ivf

विगत ६१ वर्षदेखि नेपाल संवत् र नेपाल भाषाको आन्दोलनमा सक्रिय सहभागी भई जनताको हकअधिकारका निम्ति विराट नेपाल भाषा साहित्य सम्मेलनमार्फत जनतालाई सुसूचित गर्दै आएको छ।

थुप्रै जनपक्षीय साहित्यकार जन्माइसकेको ऐतिहासिक संस्था विराट गुथीलाई संस्थाले ६१ वर्षसम्म निरन्तर नेपाल संवत् र जातीय मुक्तिका लागि गरेको सङ्घर्षको योगदानलाई कदर गर्दै उक्त सम्मान गर्न लागेको प्रतिष्ठानका सचिव बाबुकाजी साःछे श्रेष्ठले बताए। 

त्यसैगरी बिसौँ शङ्खधर साख्वाः र नेपाल संवत्का बारेमा अध्ययन अनुसन्धान गर्दै संस्थागत विकासमा राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमा निर्माणदेखि शङ्खधर प्रतिष्ठान स्थापना गरी महत्वपूर्ण योगदान गरेको थिमि निवासी श्यामकृष्ण मानन्धरलाई यस वर्ष ‘शङ्खधर सम्मान’द्वारा सम्मान गरिने भएको छ।

शङ्खधर प्रतिष्ठानको संस्थापक सचिव हुँदै प्रतिमा निर्माण, शङ्खधर चोक नामकरण, नेपाल संवत् र शङ्खधर साख्वाःका बारेमा व्यापक प्रचारप्रसारमा क्रियाशील रहँदै आएका प्रतिष्ठानका पूर्वअध्यक्ष मानन्धरलाई सम्मान गर्ने निर्णय गरेको प्रतिष्ठानका उपाध्यक्ष सुरेश प्रधानले बताए।

यस वर्षदेखि नेपाल संवत्का बारेमा संस्कृति, गीत–सङ्गीत, साहित्यिक, पत्रकारिता र अनुसन्धान–अन्वेषनमा योगदान गरेबापत ‘शङ्खधर पदक’द्वारा नेपाल संवत्लाई व्यावहारिकरुपमा लागू गर्ने काठमाडौँ महानगरपालिकाका पूर्वनगरप्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जन, गीत सङ्गीतबाट पवित्र कंशाकार, साहित्यिकतर्फबाट तिलकप्रकाश कायस्थ र सञ्चारकर्मी सुगतरत्न सिदुराकार गरी पाँच जनालाई सम्मान गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: १५:३७ बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्