सात किलो चरेससहित चार जना पक्राउ
धनगढी, मंसिर २६ : कैलालीको गोदावरी नगरपालिका–२ बाट सात किलो चरेससहित चार जना पक्राउ परेका छन्।
प्रहरीले विशेष सूचनाका आधारमा खटिए....

धनगढी, मंसिर २६ : कैलालीको गोदावरी नगरपालिका–२ बाट सात किलो चरेससहित चार जना पक्राउ परेका छन्।
प्रहरीले विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को संयुक्त टोलीले डेरा गरी बस्दै आएका जसमल सिंह ठगुनाको कोठाबाट चरेससहित चार जनालाई पक्राउ गरेको हो।
इलाका प्रहरी मालाखेतीका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले दार्चुलाको मार्मा गाउँपालिका–१ घर भई हाल डेरा गरी बस्दै आएका ठगुन्नासहित वकिल सिंह ठगुन्ना, हिक्मतसिंह धामी र जीवनसिंह ठगुन्नालाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेका उनीहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ।
प्रकाशित मिति: १६:१७ बजे, बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











