राष्ट्रियसभाका रिक्त सदस्यका लागि माघ ९ गते निर्वाचन हुने
काठमाडौं, मंसिर २६ : राष्ट्रियसभाका रिक्त सदस्यका लागि आगामी माघ ९ गते निर्वाचन हुने भएको छ।
मन्त्रिपरिषद् बैठकका निर्णय सा....
काठमाडौं, मंसिर २६ : राष्ट्रियसभाका रिक्त सदस्यका लागि आगामी माघ ९ गते निर्वाचन हुने भएको छ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले राष्ट्रियसभा सदस्य चयनका लागि माघ ९ गते निर्वाचन हुने जानकारी दिए।
राष्ट्रियसभाका ५९ मध्ये एक चौथाइ अर्थात १९ सदस्यको कार्यकाल फागुन २० गतेदेखि सकिँदैछ। राष्ट्रियसभा सदस्य निर्वाचन ऐन–२०७५ मा कार्यकाल सकिनुभन्दा कम्तिमा ३५ दिनअघि नै चुनाव गरिसक्नु पर्ने व्यवस्था छ।
राष्ट्रपतिबाट मनोनित अर्थमन्त्री युवराज खतिवडासहित राष्ट्रियसभा सदस्यहरु सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल पनि फागुन २० मा सकिँदैछ।






