Kathmandu Press

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: जग्गा अधिग्रहणको विरोधमा स्थानीयवासी

पोखरा, मंसिर २६ : निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप जग्गा अधिग्रहण गर्ने निर्णयको स्थानीय वासिन्दाले विरोध गरेका छन्।

वि....

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: जग्गा अधिग्रहणको विरोधमा स्थानीयवासी

पोखरा, मंसिर २६ : निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप जग्गा अधिग्रहण गर्ने निर्णयको स्थानीय वासिन्दाले विरोध गरेका छन्।

विमानस्थलका थप १४८ रोपनी जग्गा अधिग्रहण गर्ने निर्णय गरिएको छ। स्थानीय वासिन्दा त्यसको विरोधमा उत्रिएका हुन्।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जनसरोकार समितिले पत्रकार सम्मेलन गरि विमानस्थलका लागि जग्गा अधिग्रहणका नाममा एउटै व्यक्तिलाई पटक पटक उठीबास हुनुपर्ने अवस्था आएको जनाएको छ। समितिका अध्यक्ष गनेस पौडेलले विमानस्थल परियोजनाका लागि थातथलो दिएका स्थानीयलाई आतङ्कित गराउने गरी पुनः जग्गा अधिग्रहणको सूचना जारी गरी आतङ्कित बनाइएको बताए।

विमानस्थल क्षेत्रमा गरिएको जग्गा अधिग्रहणले सर्वसाधारणलाई विस्थापित गरेकोे उल्लेख गर्दै उनले विस्थापितको अधिकार सम्बन्धमा भएको डब्लुटिओको प्रावधान पूरा गर्न माग गरे। विमानस्थलकै कारण नहर बन्द हुँदा झण्डै ६ हजार रोपनी उर्बर भूमी बाँझो हुने अवस्थामा पुगेकाले सिँचाइको अबिलम्ब विकल्प दिन उनको माग थियो।

स्थानीय राजकुमार थापाले आफ्नो ३० रोपनी जग्गामध्ये २० रोपनी विमानस्थलकै कारण अधिग्रहणमा परिसकेकाले थप जग्गा अधिग्रहणको सूचनाले बाँकी जग्गासमेत नरहने दुःखेसो गरे।

सरकारले आवश्यक पर्ने जग्गाको एकै पटक यकिन नगरी पटक पटक जग्गा अधिग्रहणका सूचना जारी गर्दा स्थानीयवासीलाई त्रसित बनाएको भन्दै उनले आफूहरूले थप जग्गा अधिग्रहण गर्न नदिने बताए।

स्थानीय समाजसेवी किरण पौडेलले स्थानीयले उठाएका माग र पीडालाई उचित सम्बोधन गर्ने गरी समस्याको दीर्घकालीन समाधान गर्नुपर्ने बताए।

प्रकाशित मिति: १५:१९ बजे, बिहीबार, मंसिर २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्