Kathmandu Press

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइने

काठमाडौं, मंसिर २६ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेत्तृत्वमा वैदेशिक रोजगारसँग सम्बद्व सबै रोजगारदाताको सहभागिता हुने गरि आप्रवासी का....

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइने

काठमाडौं, मंसिर २६ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेत्तृत्वमा वैदेशिक रोजगारसँग सम्बद्व सबै रोजगारदाताको सहभागिता हुने गरि आप्रवासी कामदार दिवस विविध कार्यक्रमको आयोजना गरि मनाइने भएको छ।

यो दिवस प्रत्यक वर्ष डिसेम्बर १८ तारिखमा मनाइदै आएको छ। यस वर्ष ‘सीप र रोजगार आर्थिक सम्बृद्धिको आधार’ भन्ने नाराका साथ डिसेम्बर १२ देखि १८ सम्म मनाइन लागिएको हो।

आप्रवासी कामदारका क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थाको संलग्नतामा स्थानिय तह तथा देशवाहिर पनि कार्यक्रम आयोजना गरिने मन्त्रालयले जनाएको छ।

विभिन्न १७ वटा संस्थाको संलग्नतामा उपत्यकामा विभिन्न सचेतना मूलक कार्यक्रम सञ्चालन गरिने मन्त्रालयका सचिव विनोद केसीले बताए।

यसका लागि मन्त्रालय र वैदेशिक रोजगार बोर्डले समन्वय गर्ने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ बताए।

संयुक्त राष्ट्र संघले सन् १९९० डिसेम्बर १८ का दिन आप्रवासी कामदार र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको थियो। त्यही दिनलाई संसारभर आप्रवासी कामदार दिवसका रुपमा मनाइँदै आएको छ।

 

प्रकाशित मिति: १४:०५ बजे, बिहीबार, मंसिर २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्