Kathmandu Press

चरित्रमा बाँच्ने विपीन

उनलाई चलचित्र ‘जात्रा’ पश्चात मात्र दर्शकले चिन्न थालेका छन्। जात्रै जात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै फिल्ममा भित्रिएका हुन्।
चरित्रमा बाँच्ने विपीन

काठमाडाैं, असाेज २९ : अभिनेता विपीन कार्की आफ्ना चरित्रमार्फत चिनिनुहुन्छ। लूट, छड्के, पशुपति प्रसाद, नाका, हरिलगायतमा उनको चरित्रले पहिचान स्थापित गर्यो।

उनलाई चलचित्र ‘जात्रा’ पश्चात मात्र दर्शकले चिन्न थालेका छन्। जात्रै जात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै फिल्ममा भित्रिएका हुन्।

Hardik ivf

‘जात्रा’ सिरिजमा अभिनेत्री वर्षा राउतका श्रीमानको भूमिका निर्वाह गरेका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव स्वीकार गरे।

'मैले चरित्र बाँच्ने कोसिस गर्छु। त्यहाँ म पात्र हुँ। त्यसैले मैले सहजै भूमिका स्वीकार्ने गर्छु', अभिनेता कार्कीले भने। यद्यपि फिल्ममा भने उनी वर्षाको पिता बनेनन्। निर्देशक दीपेन्द्र के खनालले जोखिम लिन चाहनुभएन। 'दर्शकले विश्वास गर्नुहुन्न कि? मेकअप आर्टिस्टले राम्रो गर्न सक्नुभएन भने? जस्ता प्रश्न उठेपछि मैले शङ्खेको भूमिका निर्वाह गरेको हुँ,' अभिनेता कार्कीले भने। 

प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझैँ पर्दामा ल्याउन नसकेको उनी बताउँछन्। चरित्रमा बाँच्ने अभिनेता कार्कीलाई लिएर केही समयदेखि कलात्मक पाटो भन्दा व्यावसायिक पाटोले आकर्षण गर्ने गरेको गुनासो फिल्मकर्मीले गर्न थालेका छन्।

'म कलाकारसँगै छोरा, श्रीमान् र पिता पनि हुँ। यी दायित्व निर्वाह गर्नुपर्ने हुन्छ। व्यावसायिक पाटोमा भने मेकर्सको सोचले फरक पार्छ। कलात्मकतामा कला र व्यावसायिकमा व्यावसायिकता खोज्ने गरेको छु', अभिनेता कार्कीले भने। 

अर्का अभिनेता दयाहाङ राईसमेत अभिनेता कार्कीको चरित्र निर्माण र त्यसमा बिताउने समयदेखि प्रभावित छन्। 'हामीले केही फिल्ममासँगै काम गरेका छौँ। उहाँको चरित्रप्रतिको गम्भिरता र निर्माणमा गरेको मेहनतले म जस्तो कलाकारलाई ऊर्जा दिन्छ,' अभिनेता राईले भने। अभिनेता राई र कार्कीले लूट सिरिज, जात्रैजात्रा र के घर के डेरामा सँगै काम गरेका छन्। 

प्रकाशित मिति: १७:१२ बजे, शनिबार, असोज २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्