हुम्लामा हिउँमा चिप्लिएर टिपर दुर्घटना, दुईको मृत्यु
सिमकोट, मंसिर २६ : हुम्लामा हिउँमा चिप्लिएर टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटजामा अन्य दुई जना घाइते भएका छन्।
....

सिमकोट, मंसिर २६ : हुम्लामा हिउँमा चिप्लिएर टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटजामा अन्य दुई जना घाइते भएका छन्।
बिहीबार बिहान हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटना भएको हो। नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित चार जना सवार रहेको र उनीहरूमध्ये दुई जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यायका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए। मृतकको सनाखत हुन सकेको छैन।
दुर्घटनामा दुई जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको उनले बताए। हिउँमा चिप्लिएर दुर्घटना भएको सिंहले बताए। आज बिहानैदेखि हुम्लामा हिमपात भइरहेको छ।











