Kathmandu Press

प्रहरीले बलात्कारका आरोपी मारेको घट्ना अदालतले छानविन गर्ने

नयाँ दिल्ली, मंसिर २६ : भारतमा बलात्कारका आरोपीलाई प्रहरीले मारेको घटनाको छानविन हुने भएको छ। भारतीय सुप्रिम कोर्टले छानविनका लागि आयोग गठन गरेको छ।

प्रहरीले बलात्कारका आरोपी मारेको घट्ना अदालतले छानविन गर्ने
एजेन्सी

नयाँ दिल्ली, मंसिर २६ : भारतमा बलात्कारका आरोपीलाई प्रहरीले मारेको घटनाको छानविन हुने भएको छ। भारतीय सुप्रिम कोर्टले छानविनका लागि आयोग गठन गरेको छ।

हैदरावादमा २७ वर्षीया युवतीलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो। आठ दिन हिरासतमा राखेपछि भारतीय प्रहरीको टोलीले युवतीको हत्या गरेकै ठाउँमा लगेर चारै जनालाई गोली हानी मारेको थियो। यसलाई प्रहरीले इन्काउन्टरमा मारिएको बताएको थियो।

तर, यसका विरुद्ध भारतको सुप्रिम कोर्टमा रिट परेको थियो। त्यसमा सुनुवाइ गर्दै सुप्रिम कोर्टका प्रधानन्यायाधीश एसए बोबडेले छानविन गर्ने आदेश दिएका हुन्। प्रधानन्यायाधीश बोबडेले भनेका छन्, ‘नागरिकलाई इन्काउन्टरको सत्यतथ्य जान्ने अधिकार छ।’

यसका छानविनका लागि सुप्रिम कोर्टकै पूर्वन्यायाधीश बीएस सिरपुरकरको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको हो। आयोगलाई ६ महिनाको समय दिइएको छ। त्यतिन्जेल अन्य कुनै पनि निकायले त्यस घटनाको छानविन गर्न पाउने छैनन्।

अदालतमा सुनुवाइका क्रममा तेलंगाना सरकारका तर्फबाट वकिल मुकुल रोहतगीले बहस गरेका थिए। उनले राज्य सरकारले निष्पक्ष छानविन गरिरहेकाले अदालतले यसमा छानविन गर्न आवश्यक नभएको जिकिर गरेका थिए।

तर, प्रधानन्यायाधीश बोबडेले यसलाई अस्वीकार गरे। उनले भने, ‘हामी कसैलाई दोष दिइरहेका छैनौं। एउटै समयमा दुइटा छानविन आवश्यक छैन, अदालतकै आयोगलाई सहयोग गर्नुस्।’

याे पनि पढ्नुस् :

बलात्कारका चार आरोपीलाई गोली हानी मारियो

प्रकाशित मिति: १३:२७ बजे, बिहीबार, मंसिर २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्