Kathmandu Press

‘काजी रोशन साहित्य पुरस्कार’ उपन्यासकार मिलनलाई

यसअघि उक्त पुरस्कारबाट काठमाडौँका साहित्यकार बाजुराम पौडेल, तनहुँका काशीनाथ न्यौपाने, उदयपुरका मातृका पोखरेललगायत पुरस्कृत भइसकेका छन्। 
‘काजी रोशन साहित्य पुरस्कार’ उपन्यासकार मिलनलाई

बागलुङ, असाेज २९ : सुनसरीकाे इटहरीका साहित्यकार टीका मिलनलाई ‘काजी रोशन साहित्य पुरस्कार’ प्रदान गरिने भएको छ।

धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले २०७८ सालको सो पुरस्कार मिलनको उपन्यास कृति ‘पटाक्षेप’का लागि प्रदान गर्ने निर्णय गरेको हो। 

Hardik ivf

पुरस्कारका लागि देशभरबाट प्राप्त कृतिमध्येबाट निरुपण मण्डलले मिलनको उपन्यासलाई छनोट गरेको हो। उक्त निर्णयलाई शुक्रबार बसेको प्रतिष्ठानको प्रबन्ध समिति बैठकले अनुमोदन गरेको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिए। हरेक दुई वर्षमा राष्ट्रियस्तरमा प्रदान गरिने उक्त पुरस्कारको राशि रु. २० हजार छ।

यही कात्तिक तेस्रो हप्ता आयोजना हुने विशेष समारोहमा पुरस्कार समर्पण गरिने प्रतिष्ठानले जनाएको छ।  प्रतिष्ठानले १६औँ पटकमा उपन्यासकार मिलनलाई सो पुरस्कार प्रदान गर्न लागेको हो।

यसअघि उक्त पुरस्कारबाट काठमाडौँका साहित्यकार बाजुराम पौडेल, तनहुँका काशीनाथ न्यौपाने, उदयपुरका मातृका पोखरेललगायत पुरस्कृत भइसकेका छन्। 

प्रकाशित मिति: १२:३० बजे, शनिबार, असोज २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्