Kathmandu Press

इन्डियन आइडल विजेता पवनदीपको सोलाे नेपाली गीत सार्वजनिक

अल थ्री मिडिया घरले पोस्ट प्रोडक्सन गरेको गीतको भिडियो भुषण दाहालले निर्देशन गरेका छन्।
इन्डियन आइडल विजेता पवनदीपको सोलाे नेपाली गीत सार्वजनिक

काठमाडौं, असोज २९ : इन्डियन आइडलको १२औं संस्करणका विजेता पवनदीप राजनको पहिलो सोलो नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो’ सर्वाजनिक भएको छ।

गीत म्यूजिक नेपालको युट्युब च्यानलबाट शुक्रबार सर्वाजनिक भएको हो।

Hardik ivf

आनन्द अधिकारीले लेखेको गीतमा शिखर सन्तोषले संगीत भरेका छन्। गीतमा उदयराज पौडेलले एरेन्ज छ।

अल थ्री मिडिया घरले पोस्ट प्रोडक्सन गरेको गीतको भिडियो भुषण दाहालले निर्देशन गरेका छन्। भिडियोमा आकाश श्रेष्ठ र मलिका महत फिचरिङ छन्।

डोरबहादुर कटुवाल र प्रकाश गोपालीले खिचेको भिडियोमा पदम तिमिल्सिनाको सम्पादन छ।

हेनुस् भिडियाे

 

प्रकाशित मिति: ११:५० बजे, शनिबार, असोज २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्