Kathmandu Press

१९ वर्षीय युवक नहरमा मृत भेटिए

महेन्द्रनगर, मंसिर २६ : कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका एक युवक नहरमा मृत भेटिएका छन्।

आज बिहान बाणीका १९ वर्षीया सन्तोष पन्त म....

१९ वर्षीय युवक नहरमा मृत भेटिए

महेन्द्रनगर, मंसिर २६ : कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका एक युवक नहरमा मृत भेटिएका छन्।

आज बिहान बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत भेटिएको प्रहरीले जनाएको छ।

बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा सन्तोषको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए। ‘प्रारम्भिक जानकारीअनुसार बिहेमा आएका पन्त मोटरसाइकलबाट लडेर नहरमा डुबेको हुनसक्ने आशंका छ,’ उनले भने।

घटनास्थलबाट प्रहरीले गम्भीर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ। घटनास्थलको प्रहरी टोली मचुल्का गरिरहेको छ।

प्रकाशित मिति: १२:१७ बजे, बिहीबार, मंसिर २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्