Kathmandu Press

नेपाल युरोपेली युनियन फिल्म फेस्टिभल काठमाडौं र सुर्खेतमा हुने

फेस्टिभलमा नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको फिल्म ‘ऐना झ्यालको पुतली’ समेत फेस्टिभलमा स्क्रिनिङ गरिने भएको छ ।
नेपाल युरोपेली युनियन फिल्म फेस्टिभल काठमाडौं र सुर्खेतमा हुने

काठमाडाैं, असाेज २९ : नेपाल युरोपेली युनियन फिल्म फेस्टिभलको ११औं संस्करण काठमाडौं र सुर्खेतमा आयोजना हुने भएको छ। फेस्टिभल काठमाडौंमा कात्तिक ११ देखि १५ गतेसम्म र सुर्खेतमा कात्तिक १९ देखि २२ गतेसम्म आयोजना हुने छ।

फेस्टिभलमा १४ फिल्म प्रदर्शन हुनेछन्। जसमा १३ युरोपियन र ३ नेपाली फिल्म छन्। फेस्टिभल भौतिक र अनलाइन माध्यममा फेस्टिभल हुने छ।

Hardik ivf

१३ युरोपेली फिल्ममध्ये रिता हुतानेनले निर्देशन गरेको ‘गड्स अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ र आराश टी. रिहाहीले गर्ने निर्देशन गरेको ‘अस्कर एण्ड लिली’लाई नेपाली सब्टाइटलमा प्रदर्शन गरिने भएको छ ।

नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको फिल्म ‘ऐना झ्यालको पुतली’ समेत फेस्टिभलमा स्क्रिनिङ गरिने भएको छ । किरण श्रेष्ठ निर्देशित ‘येट अनदर विन्टर’र विशाल मगर निर्देशित ‘गोर्खा गल्र्स’ समेत देखाइने भएको छ ।

यसपटक चलचित्र विकास बोर्डमा फेस्टिभल कार्यक्रम आयोजना हुनेछ ।

फेस्टिभलमा भौतिक र अनलाइनमार्फत फिल्मलाई निःशुल्क हेर्न सकिने भएको छ । फेस्टिभल स्कोपको वेबसाइटमा गएरु फिल्म हेर्न सकिनेछ । फिल्म फेस्टिभलबारे विस्तृत जानकारी डेलिगेसनको वेबसाइटमा उपलब्ध गराइएको छ ।

अनलाइनमा राखिएका फिल्महरु २८ नोभेम्बर सम्म उपलब्ध हुने जनाइएको छ । फेस्टिभलको ब्राण्ड एम्बेसडरमा नेपाली अभिनेत्री केकी अधिकारी छिन् ।

प्रकाशित मिति: ११:३५ बजे, शनिबार, असोज २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्