Kathmandu Press

‘जाने भए जाउ माया’काे भिडियो सार्वजनिक

भावनात्मक यस गीतमा स्वर गायक सरन गुरुङको रहेको छ। गीतमा शब्द, सङ्गीत विकास ल्वागुनको रहेको छ। गीतलाई कोविद बज्रले सङ्गीत संयोजन गरेका हुन्।
‘जाने भए जाउ माया’काे भिडियो सार्वजनिक

काठमाडाैं, असाेज २८ : गायक प्रकाश सपुत र रेश्मा घिमिरे अभिनित ‘जाने भए जाउ माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

भावनात्मक यस गीतमा स्वर गायक सरन गुरुङको रहेको छ। गीतमा शब्द, सङ्गीत विकास ल्वागुनको रहेको छ। गीतलाई कोविद बज्रले सङ्गीत संयोजन गरेका हुन्।

Hardik ivf

सहना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘जाने भए जाउ माया’ म्युजिक भिडियो गायक गुरुङको रिलिजको तयारीमा रहेको एल्बम ‘सहना’मा सङ्ग्रहित गीत हो। 

एल्बम नोभेम्बर १३ मा विमोचन हुने गायक गुरुङले बताए। एल्बम रिदम स्क्रीन क्रिएसन र वि द बेस्टको सहयोगमा तयार पारिएको हो। म्युजिक भिडियोमा प्रकाश सपुत र रेश्मा घिमिरेले श्रीमान् र श्रीमतीको भूमिकामा अभिनय गरेका छन।

म्युजिक भिडियोमा ‘जाने भए जाउ माया फर्की नआऊ माया’, ‘भन्थ्यौ तिमी म संसार थिएँ, सुख र दुःखमा ज्यानै दिन्थेँ’, ‘हात छोड्यौँ साथ छोड्याैं, सँगसँगै हिँडेको बाटै मोड्याैं’, ‘माया छोडी गएपछि दिल तोडी गएपछि’ लगायत बोलका गीत समावेश गरिएको छ।

बुद्ध थापाले छायाङ्कन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक गुरुङको च्यानल ‘सरन गुरुङ’मार्फत् सार्वजनिक भएको हो । हाल अमेरिकामा बस्दै आएका गायक गुरुङले आफ्नो नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन आग्रह गरेका छन्।

प्रकाशित मिति: १८:१२ बजे, शुक्रबार, असोज २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्