हुम्लामा हिमपात, हवाई सेवा अवरुद्ध
हुम्ला, मंसिर २६ : आज बिहानैदेखि हुम्लामा हिमपात सुरू भएको छ। हिमपातले हवाइसेवा अवरुद्ध भएको छ भने जनजीवन प्रभावित बनेको छ।
पश्चिमी वायु प्र....

हुम्ला, मंसिर २६ : आज बिहानैदेखि हुम्लामा हिमपात सुरू भएको छ। हिमपातले हवाइसेवा अवरुद्ध भएको छ भने जनजीवन प्रभावित बनेको छ।
पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात सुरू भएको हो। जसले आन्तरिक हवाई उडान बिहानदेखि प्रभावित भएका छन्।
हिमपातले हवाइ उडान बन्द भएको सिमकोट विमानस्थलले जनाएको छ। नेपालगञ्ज र सुर्खेतबाट बिहान ७ बजेदेखि नै हुम्लामा उडान गर्ने तारा, सीता, समिट एयरलाइन्सको उडान प्रभावित भएको हुन्।
हिमपातका कारण चिसो अत्यधिक बढेको छ। यहाँको जनजीवन कष्टकर बन्दै गएको छ।
उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकामभन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। यहाँको तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म पुगेको छ ।
हिमपातका कारण विद्यालय पनि बन्द भएका छन्। बिहानी कक्षा लिँदै आएका कैलाश बोर्डिङ र हिमाली बोर्डिङका विद्यार्थीलाई समस्या बनाएको कैलाश बोर्डिङका प्रधानाध्यापक छवाङ लामाले बताए।
दोस्रो पटक हिमापात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई फाइदा पुगेको छ। हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको सर्केगाड गाउँपालिकाका फागुने महतराले बताए।
हिमपातका कारण एक गाउण्ँबाट अर्को गाउँसम्मको आवतजावत रोकिएको छ। सदरमुकाममा चहलपहल न्यून भएको छ।











