Kathmandu Press

आजदेखि तीन दिनसम्म बर्षा र हिमपात  

काठमाडौं, मंसिर २६ : आजदेखि बर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले बुधबार रातिदेखि तीन दिनसम्म मुलुकका अधिकांश ठाउँमा मौसम बदली, केह....

आजदेखि तीन दिनसम्म बर्षा र हिमपात  
फाइल

काठमाडौं, मंसिर २६ : आजदेखि बर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले बुधबार रातिदेखि तीन दिनसम्म मुलुकका अधिकांश ठाउँमा मौसम बदली, केही भागमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपात हुने जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले बिहिबार बिहान विशेष बुलेटिन जारी गरी बुधबार साँझ पश्चिमी भूभागबाट नेपालमा न्यून चापीय प्रणाली प्रवेश भएको र पूर्व सर्ने क्रममा रहेको उल्लेख गर्दै मुलुकका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेको जनाएको छ ।

हिजो बेलुकादेखि नेपालको पश्चिमी भूभागबाट न्युन चापीय प्रणालीको प्रवेश भएकाले देशैभरी चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ  ।

यो प्रणालीका कारण पश्चिमी भूभागका धेरै स्थानहरुमा र मध्य र पूर्वी भूभागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ । शनिबारसम्ममा यो प्रणालीको अन्त्य हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

प्रकाशित मिति: ०७:५५ बजे, बिहीबार, मंसिर २६, २०७६