Kathmandu Press

सन्दीपलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति 

 नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। 
सन्दीपलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति 

काठमाडौं, असोज २७ : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । 

नाबालिगमाथि बलात्कारको अभियोगमा पक्राउ परेका लामिछानेलाई बिहीबार प्रहरीले काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो । न्यायाधीश सूर्यप्रसाद थापाको इजलासले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। 

Hardik ivf

लामिछानेका अधिवक्ता सरोजकृष्ण घिमिरेले अनुसन्धानका लागि थप पाँच दिएको म्याद पुष्टि गरे । ‘प्रहरीले सात दिनको म्याद मागेको थियो, तर हामीले सन्दीपको आधा बयान पनि सक्किसकेका कारण तीन दिन मात्र म्याद दिन श्रीमान्समक्ष आग्रह गरेका थियौं । उहाँले पाँच दिनभित्र बाँकी बयान सक्काउन प्रहरीलाई आग्रह गर्नुभएको छ,’ घिमिरेले भने । 

लामिछानेमाथि अनुसन्धान गर्न अदालतले यसअघि असोज २० गतेदेखि लागु हुनेगरी सात दिनको म्याद दिएको थियो । 

१७ वर्षीया किशोरीले लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै गत भदौ २१ गते गौशला प्रहरी वृत्तमा जाहेरी दिएका थिए । त्यतिबेला सन्दीप क्यारेबियन लिग खेल्दै थिए । बलात्कारको आरोप लागेपछि क्यानले पनि सन्दीपलाई निलम्बन गरेको थियो । 

सन्दीप नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गराएको थियो । त्यसपछि असोज २० गते काठमाडौं आएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए । उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: ११:२३ बजे, बिहीबार, असोज २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्