Kathmandu Press

‘पोइ पर्‍यो बुढो’ दीपेन्द्र लामाले निर्देशन गर्ने

किरण नेपालले निर्माण गर्न लागेको फिल्मका कलाकार फाइनल भइसकेको छैन। स्क्रिप्ट लेखन सकिएपछि पछि मात्र कलाकार फाइनल हुनेछन्।
‘पोइ पर्‍यो बुढो’ दीपेन्द्र लामाले निर्देशन गर्ने

काठमाडाैं, असाेज २५ : स्क्रिप्ट लेखन भइरहेको फिल्म ‘पोइ पर्‍यो बुढो’को निर्देशन दीपेन्द्र लामाले गर्ने भएका छन्। ‘पोइ पर्‍यो बुढो’ २०७६ मा प्रदर्शनमा आएको फिल्म  ‘पोइ पर्‍यो काले’को नेम सिक्वेल हो।

स्क्रिप्ट लेखन भइरहेको फिल्म ‘पोइ पर्‍यो बुढो’ फागनुबाट फ्लोरमा जाने तयारी छ। किरण नेपालले निर्माण गर्न लागेको फिल्मका कलाकार फाइनल भइसकेको छैन। स्क्रिप्ट लेखन सकिएपछि पछि मात्र कलाकार फाइनल हुनेछन्।

‘पोइ पर्‍यो बुढो’ दीपेन्द्रको पाँचौं फिल्म हो। गोपी, घामपानी र छ माया छपक्कै निर्देशन गरिसकेका लामाको चौथो फिल्म दुई नम्बरी अहिले प्रदर्शन भइरहेको छ। फिल्मले राम्रो व्यापार गरिहेको छ।

प्रकाशित मिति: १८:२१ बजे, मंगलबार, असोज २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्