Kathmandu Press

नेपाली फिल्मलाई दर्शकको साथ

असोज ७ गतेदेखि प्रदर्शनमा आएको ‘प्रेम गीत ३’ र असोज २१ बाट प्रदर्शनमा आएको दुई नम्बरीले राम्रो व्यापार गरेका छन्।
नेपाली फिल्मलाई दर्शकको साथ

काठमाडौं, असाेज २५ : दसैं छेकोमा प्रदर्शनमा आएका नेपाली फिल्मलाई दर्शकले राम्रो साथ दिएका छन्। असोज ७ गतेदेखि प्रदर्शनमा आएको ‘प्रेम गीत ३’ र असोज २१ बाट प्रदर्शनमा आएको दुई नम्बरीले राम्रो व्यापार गरेका छन्।

नेपाली र हिन्दीमा निर्माण भएको ‘प्रेम गीत ३’ले लगानी सुरक्षित गरिसकेको छ। फिल्मले दुई सातामा ३४ करोड बढी ग्रस कलेक्सन गरेको बताइएको छ।

सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापालगायतको अभिनय छ।

Hardik ivf

चलचित्रले स्टारभ्यालु, ब्राण्डकै आधारमा राम्रो व्यापार गरिरहेको छ । निर्माता सन्तोष सेनकाअनुसार नेपालसँगै भारतमा पनि यस चलचित्रले राम्रो व्यापार गरिरहेको छ ।

Hindi-Trailer-of-Prem-Geet-3-Jab-Pyaar-Ban-Jaye-1200x9001665487143.jpg

असोज २१ देखि प्रदर्शनमा आएको चलचित्र ‘दुई नम्बरी’ ले पनि व्यावसायिक सफलता हात पारेको छ। दीपेन्द्र लामा निर्देशित फिल्मले दुई दिनमा २ करोड बढी ग्रस कलेक्सन गरेको छ।

दर्शक हल आउन थालेपछि निर्माता तथा निर्देशकसँगै प्रदर्शक र वितरक पनि खुसी छन् । चलचित्र संघका महासचिव नरेन्द्र महर्जन अहिले मनोरन्जनात्मक चलचित्र दर्शकले रुचाएको बताउँछन्।

‘कोरोनाका कारण भएको लकडाउन पश्चात् दर्शकमा  चलचित्रप्रति जागरण निकै बढेको छ,’ उनी भन्छन्, ‘दर्शकमहरू प्रचार सामग्रीमा विश्वस्त नभएसम्म चलचित्रघर आउँदैनन भन्ने पछिल्ला फिल्मको व्यापारले देखाएको छ।’

भदौमा प्रदर्शनमा आएका झिँगेदाउ र ऐना झ्यालको पुतलीलाई पनि दर्शकले राम्रो साथ दिए। ज्ञानेन्द्र देउजा निर्देशित फिल्म झिँगेदाउ कबड्डी–४ पनि धेरै कमाई गर्ने फिल्म बन्यो। यस्तै, सुरेश बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ले मल्टिप्लेक्समा कम सो पाएपछि राम्रो व्यापार ग¥यो । फिल्म नेपालबाट ओस्कर अवार्डमा पनि छनोट भएको छ।

 

प्रकाशित मिति: १६:५९ बजे, मंगलबार, असोज २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्