Kathmandu Press

मंसिर र पुसमा छैनन् नेपाली फिल्म

निर्वाचन सम्पन्न भएलगत्तै विश्वकप फुटबल हुने हुँदा दर्शक हलमा नआउने सम्भावना रहने वितरक करण श्रेष्ठ बताउँछन्। त्यसैले मंसिर र पुसमा नेपाली फिल्म प्रदर्शन हुने छैनन्।
मंसिर र पुसमा छैनन् नेपाली फिल्म

काठमाडौं, असोज २४ : मंसिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको चर्चा देशभर छ । निर्वाचनको रौनक बढेसँगै मंसिर र पुसमा हलमा नयाँ नेपाली फिल्म प्रदर्शन हुने छैनन्।

चुनावले अन्य गतिविधि छायाँमा पर्ने भएकाले मंसिर तथा पुसमा फिल्म रिलिज नगर्ने सोच फिल्मकर्मीको छ।

निर्वाचन सम्पन्न भएलगत्तै विश्वकप फुटबल हुने हुँदा दर्शक हलमा नआउने सम्भावना रहने वितरक करण श्रेष्ठ बताउँछन्। त्यसैले मंसिर र पुसमा नेपाली फिल्म प्रदर्शन हुने छैनन्।

Hardik ivf

‘जाडोको समय, चुनावी रौनक, फुटबलसँगै डिसेम्बर महिनामा ठूला विदेशी फिल्म भएकाले प्रदर्शन तय नगरिएको हुनसक्छ’, वितरक श्रेष्ठले भने।

नेपालमा निर्वाचनभन्दा पनि विश्वकपले बढी असर गर्ने कलाकार रवीन्द्रसिंह बानियाँ बताउँछन्। सोहीकारण महापुरुष कात्तिकमै रिलिगर्न लागिएको उनले बताए। उनी महापुषका निर्माता हुन्।

‘यसअगाडि पनि पुसमा खासै फिल्म रिलिज हुन्थेनन् । मंसिरमा भने निर्वाचन र विश्वकपले नै असर गरेर रिलिज नभएका हुनसक्छ,’ बानियाँले भने, ‘पछिल्ला केही घटनाले विदेशी ठूला फिल्मसँग प्रतिस्पर्धा गर्न नेपाली निर्माता तयार देखिँदैनन् । हामी प्राथमिकतामै परिरहेका छैनौं।’

नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जन कोरोना महामारीका कारण रोकिएका फिल्म एकसाथ प्रदर्शनमा आउँदा केही महिनायता भिडभाड देखिएको बताउँछन्। उनले भने, ‘दसैँ–तिहारमा नेपाली फिल्मको भिड, त्यसपछि दुई महिना खाली झैं छ।’

माघे संक्रान्तिसँगै नेपाली फिल्मले प्रदर्शन मिति तय गरेका छन्। वितरकसँगको सल्लाहअनुसर नै त्यसो गरिएको हुनसक्ने महर्जनले बताए।

केही समययता मल्टिप्लेक्सले नेपाली फिल्मलाई प्रदर्शन गर्न नदिएको र समयमै प्रदर्शन अनुमति नखोलेको आरोप फिल्मकर्मीले लगाउने गरेका छन्।

फिल्म प्रदर्शनमा आउने–नआउनेसँग आफूहरूको कुनै सरोकार नहुने चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी बताउँछन्। फिल्म क्षेत्रमा देखिरहेको समस्या सुन्ने निकाए विकास बोर्ड भएको बताउँदै अध्यक्ष केसीले भावनात्मक भएर नभई नीतिगत रुपमै यसको समधान गर्नुपर्ने बताए।

 

प्रकाशित मिति: १७:१३ बजे, सोमबार, असोज २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्