Kathmandu Press

नेपाल साहित्य महोत्सव ४० सत्र, ११० वक्ता

पोखरा, मंसिर २५ : आईएमई नेपाल लिटरेचर फेस्टिबलको आठौँ संस्करण यही मंसिर २७ गतेदेखि ३० गतेसम्म पर्यटकीय नगरी पोखराको बाराहीघाट लेकसाइडमा गरिने भएको छ।<....

नेपाल साहित्य महोत्सव ४० सत्र, ११० वक्ता

पोखरा, मंसिर २५ : आईएमई नेपाल लिटरेचर फेस्टिबलको आठौँ संस्करण यही मंसिर २७ गतेदेखि ३० गतेसम्म पर्यटकीय नगरी पोखराको बाराहीघाट लेकसाइडमा गरिने भएको छ।

आयोजक बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीद्वारा पत्रकार सम्मेलन गरि महोत्सवबारे जानकारी दिएको छ। बुकवर्म फाउन्डेसनका निर्देशक अजीत बरालले महोत्सवका अघिल्ला संस्करणभन्दा यसपटक नयाँ वक्तालाई उभ्याइने बताए।

यसअघिका संस्करणमा एउटै अनुहार दोहोरियो भन्ने धेरै गुनासा र सुझाव आएका बताउँदै उनले यसपटक ९८ प्रतिशत नयाँ वक्तालाई महोत्सवमा ल्याउन लागिएको बताए।

महोत्सवमा ११० भन्दा बढी वक्ता सहभागी हुनेछन्। त्यसमध्ये एक दर्जनभन्दा बढी विदेशी लेखक सहभागी हुने बरालले बताए।

महोत्सवमा अन्तर्राष्ट्रिय लेखकलाई पनि ल्याउन लागिएको र त्यसले यहाँको साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न पनि सहयोग मिल्ने अपेक्षा राखिएको उनको भनाइ थियो।

महोत्सवमा ४० भन्दा बढी सत्र समावेश गरिएका छन् ।महोत्सवको पहिलोदेखि चौथो संस्करण काठमाडौँमै गरिएको थियो भने पाँचौँ संस्करणदेखि पोखरामा आयोजना गर्न थालिएको छ।

निर्देशक बरालले तत्कालीन समयमा काठमाडौँमा भूकम्प गएर पोखरामा आयोजना गर्नु परे पनि अहिले पोखराकै महोत्सव भएको बताए। भूकम्प जाँदा साहित्यिक पर्यटनलाई जोड्न पनि पोखरा रोजेको र अहिले पोखरा नै उत्तम ठाउँ भएको बताउँदै उनले यो पोखरेलीको पनि महोत्सव भएको उल्लेख गरे।

अर्को आयोजक संस्था ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले महोत्सवले पोखरेली साहित्य उजागर गर्न मद्दत पुगको बताए। यस संस्करणमा २० प्रतिशतभन्दा बढी वक्ता पोखरेली बुद्धिजीवीलाई नै सहभागी गराउन पाउँदा आफूहरू खुशी भएको उनको भनाइ थियो।

नेपाल साहित्य महोत्सव पोखराका युवा पाठकमाझ पठन संस्कृतिमा उत्प्रेरकका रुपमा आएको ह्वाट द बुक क्लबका उपाध्यक्ष अनिषा बराइलीले बताए।

महोत्सवमा दक्षिण एशियाली राष्ट्रको सर्वोत्कृष्ट पुरस्कार डिएससी पुरस्कार प्रदान गरिने भएको छ। २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशि बराबरको उक्त पुरस्कार दक्षिण एशियाली साहित्यिक पुरस्कार गुठीले आठ वर्षदेखि प्रदान गर्दै आएको छ।

प्रकाशित मिति: १०:४८ बजे, बुधबार, मंसिर २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्